ताजा अपडेट »

मानव धर्म सेवा समितिद्वारा शैक्षिक सामग्री वितरण

शनिबार, २८ भदौ २०७६, १० : ५४
4 Shares


भदौ २८,
ग्लोबल आवाज
नवलपरासी । नेपाल मानव धर्म सेवा समितिको कार्यालय बुटवलले नवलपरासीका माझी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । समितिको बुटवल स्थित प्रादेशिक कार्यालयको युवा संगठन विभाग अन्तर्गत शिक्षा अभियान समितिले सो सामग्री हस्तान्तरण गरेको हो ।
नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नम्बर १५ माझीटोलमा अवस्थित माझी प्राथमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी बालबालिकाको लागि शैक्षिक सामग्रीहरुका कपि, कलम, सापनर, इरेजर, लगायतका शैक्षिक सामाग्री बितरण गरिएको शैक्षिक अभियानका संयोजक दिपक पंगेनीले जानकारी दिए ।

बुटवल तथा आसपासका बिद्यालयका अध्ययनरत विद्यार्थीहरुबाट संकलन भएका सामग्रीहरु समेत माझी प्राथमिक बिद्याालयका बालबालीकाको शैक्षिक उज्जवल भविष्यको कामना गर्दै प्रदान गरिएको मानव धर्म सेवा समिती हंस योग आश्रम बुटवलकी प्रमुख चादँना बाइजीले बताइन् । शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यार्थीका लागी शैक्षिक सामाग्री ग्रहण गर्दै विद्यालयका अध्यक्ष सन्त बहादुर माझीले धार्मिक सस्था मानव धर्म सेवा समिती शिक्षा अभियानले शैक्षिक सामाग्री प्रदान गर्नुले विद्यार्थीहरुको अध्ययनमा थप सहज पहुच पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं २०५३ सालमा स्थापना भएको माझी प्राथमीक बिद्यालयमा माझी समुदायका झण्डै ६० जना बिद्यार्थीहरु अध्ययन गर्दै आएकोले आफुहरुले सोही बिद्यालयलाई प्राथमिकतामा राखी शैक्षिक सामग्री हस्तान्तरण गरिएको कार्यक्रमकी सह–संयोजक शित्तल गौतमले बताइन् । शैक्षिक सामग्री वितरण कार्यक्रमको संचालन शिवराज गौतमले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।