१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रबद्धित जैविक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका- १५ मा रहेको उक्त केन्द्रको प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरि यो केन्द्र स्थापना गरिएको हो । प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिव १७ लाख लगानी भएको छ ।

Advertisement

यहाँ सफटवेयरबाट कार्यक्रम सन्चालन हुने छ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोवाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ । यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३०० केजि तरकारि बर्षमा दिन पर्ने ब्यक्तिगतको हकमा समुहको हकमा भने दश हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ ।

सामान्यतया स्थानिय स्तरमा उत्पादित तरकारि मसला र फलफुल वालिहरु स्थानिय स्तरमा संकलन गरि उचित वजार व्यवस्थापन गरि साना कृषकलाई प्रत्यक्ष राहत दिने गरि यो अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानि अनुदान जस्ता अनुदानका र प्रोत्साहन अनुदान कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ ।

वालिपात्रो अनुसार तरकारि लगाउने, बालि उत्पादनको आगृम सम्झौता गर्ने, माटो उपचार बीउ राग किरा व्यवस्थापन बिरुवा उत्पादन जस्ता कार्य समेत गर्ने छ । हरेक दिन विहान ७-९ र बेलुका ३-५ बजेसम्म हाल तरकारि संकलन हुने अध्यक्ष मालिले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था