१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

Advertisement

काठमाडौँ । विगत १४ वर्षदेखि बन्दी जीवन बिताइरहेकाहरुले तीन सय रूपियाँमा दशैँ मनाउन वाध्य हुने भएका छन् । यो वर्ष पनि सरकारले तीन सयको दरले बन्दीहरुलाई दशैँ खर्च दिएको छ । यस वर्षको दशैँ नजिकिएसँगै घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई बन्दी जीवनमा समेत चाडपर्वको रमझम देखिए पनि आर्थिक अभाव भने देखिने भएको हो ।

सुधारगृहका रुपमा रहेका बन्दीगृह (जेल)मा विभिन्न कार्यक्रम गरी दशैँ मनाइन्छ । यो वर्ष पनि दशैँको तयारी थालिएको केन्द्रीय कारागार जगन्नाथ देवल कार्यालयका प्रमुख जेलर तथा उपसचिव बेदनिधि अधिकारीले बताए । उनले भने, “ अहिले केन्द्रीय कारागारमा बन्दीका लागि दशैँको तयारी हुँदैछ ।” बन्दी जीवन बिताइरहेकाहरुका लागि सरकारले दिएको खर्चबाट नपुग्ने देखिएकाले काठमाडौँ महानगरबाट पनि माग गरिएको छ । मागअनुसार महानगरले दिने कुरा छ, चार–पाँच वटा खसी, बोका, राँगा के दिन्छ, बन्दीलाई पुग्ने गरी मासु खर्च दिन्छौँ, भनेको छ,” जेलर अधिकारीले भने ।

सबैलाई पुग्ने गरी मासु पाउने भएपछि बन्दीहरु पनि खुशी देखिएका छन् । तर सरकारले २०६४ सालदेखि दशैँमा मासु खान भनेर तीन यस रुपियाँ दिएको र अहिलेसम्म त्यति नै दिने गरेको बन्दी बुलेट नारायण (नाम परिवर्तन गरिएको)ले बताए । उनी विगत १४ वर्षदेखि यही कारागारमा बन्दी जीवन बिताइ रहेका छन् । नारायणले भने, “ अहिले किलोको तीन सयको दरले कुनै पनि मासु आउँदैन भने मरमसाला केले किन्ने, लुगा, कपडा कसरी किन्ने, कसरी लगाउने रु” दशैँ खर्च तीन सयमा चित्त नबुझेको उनले गुनासो गरे । उनले भने, “ यहाँ देश विदेशका बन्दीहरु छौँ, घर परिवार पनि भेट्न आउन सक्ने अवस्था छैन, हामीलाई कस्ले दिन्छ, सम्झेर दिन कट्छ ।”

सरकारले वर्षको दुई जोडा कपडा, दैनिक सात सय ग्राम चामाल र खाजा खर्च भनेर ६० रुपियाँको दरले मासिक १८ सय दिन्छ, त्यसले सबै थोक गर्दा नपुग्ने नारायणले बताए । ३६ वर्षीय उनले अझै चार वर्ष कैद जीवन बिताउन बाँकी छ । लागूऔषध कारोबारमा लहैलहैमा लागेर आफू फसेकोमा उनलाई पछुतो छ । उनले जटिल कानूनका कारण आफू नछुटेको भन्दै दशैँमा सबै कैदीबन्दी जस्तै आफू पनि टीकाग्रहण गरी दशैँ मनाउने बताए।

केन्द्रीय कारगारमा बिहीबार हुने घटस्थापनादेखि दशैँका लागि विभिन्न कार्यक्रमहरु राखिएका छन् । त्यहाँ तीन हजार २२२ जना कैदीबन्दी छन् । जसमा तीन सय ५४ महिला, एघार सय भद्रगोल कारागार र सत्र सय ६८ जना केन्द्रमा रहेका छन् भने ८४ जना विदेशी कैदीबन्दी छन् । विदेशी कैदीबन्दीमा छिकेकी देश भारतको ५८, पाकिस्तान पाँच, अमेरिका एक, नेदरल्यान्डस् एक, मलेसिया एक, नामिबिया एक, जर्मनी एक, इटाली एक, आइभोरी कोस्ट एक, फ्रान्स एक, चीन छ, आङगोला एक, बंगलादेश पाँच, नाइजेरियाका एक जना कैदीबन्दी छन् ।

विहान १० बजेदेखि साँझसम्म घरका आफन्त तथा नातेदार लागि सुरक्षाबीच टीका तथा आशीर्वाद आदानप्रदान गर्न समारोहको आयोजना गरिने जेलर अधिकारीले बताए । यस्तै सरकारले दिने दशैँ खर्च कम भए पनि रमाइलो गरी मनाउने तयारी रहेको महिला कैदीबन्दीका प्रमुख माया तामाङ्गले बताउँछन् । उनले भने ,“ चारपाँच वटा खसी काट्ने तयारी छ, त्यसैको लागि छलफल गर्दैछौँ । दशैँ, तिहारजस्ता चाडपर्वमा कारागारमा छुट्टै माहोल हुन्छ, हामी यहीँ रमाउछौँ ।”-गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड