१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ ।मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७​पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै नेता रामचन्द्र पौडेल, कोइराला, प्रकाशमान सिंह लगायत पक्षका भने २ सय ४९ जना मात्रै सभापतिमा निर्वाचित भएका छन् । सम्पन्न पालिका अधिवेशनमा नेता कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजय गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना निर्वाचित भएका छन् । त्यस्तैगरी कुन पक्ष हो भन्ने नखुलेका ४९ जना छन् ।

Advertisement

बागमती, कर्णाली र सुदूरपश्चिममा देउवा पक्ष बलिएको देखिएको छ भने प्रदेश एक र लुम्बिनी र गण्डकीमा पौडेल पक्ष अगाडि देखिएको छ । तर संस्थापन पक्षले भने सबै प्रदेशका पालिका बहुमत हासिल गरेको दाबी गरेको छ ।प्रदेश १ को १ सय ३६ पालिकामा भएको निर्वाचनमा देउवा पक्षले ६० स्थानमा सभापति जितेको छ भने पौडेल–कोइराला पक्षले ६३ स्थानमा मात्रै सभापति जित्न सफल भएको छ । त्यस्तैगरी प्रदेश १ मा सिटौला पक्षका १३ जना पालिका सभापतिमा निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा सम्पन्न ९९ वटा पालिका अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने बागमतीमा ४० स्थानमा मात्रै सभापति जितेको छ । कतिपय भने कुनै पनि गुटमा खुलेका छैनन् ।त्यस्तै गण्डकी प्रदेशको सम्पन्न ८५ पालिकामा देउवा पक्षले ३९ स्थानमा जितेको छ । पौडेलको गृह प्रदेश गण्डकीमा उनी र कोइराला पक्षका ४६ जनाले पालिकाको सभापतिमा जित हासिल गरेका छन् ।

लुम्बिनी प्रदेशमा सम्पन्न ८८ पालिका अधिवेशन भएकाे छ । लुम्बिनीमा देउवा पक्ष ३५ स्थानमा सभापति जित्न सफल भएको छ । लुम्बिनीमा पौडेल र कोइराला पक्षका भने ४८ जनाले मात्रै सभापति जितेका छन् । कतिपय भने कुन पक्षको भन्ने खुलेका छैनन् ।कर्णालीमा अधिवेशन सम्पन्न भएका ६२ पालिका मध्य देउवा पक्षले ३६ स्थानमा जितेको छ । त्यस्तै कोइराला र पौडेल पक्षले भने २६ स्थानमा पालिका सभापतिमा जितेको छ । कर्णालीमा पनि कतिपय निर्वाचित सभापतिहरू कुन पक्षमा हो भन्ने प्रष्ट खुलेका छैनन् ।

सुदूरपश्चिम प्रदेशका सम्पन्न ७७ पालिका अधिवेशनमा देउवा पक्ष ५५ स्थानमा विजयी भएको छ । त्यहाँ कोइराला र पौडेल पक्षले भने २७ ठाउँमा मात्रै जितेको छ । सुदूरपश्चिममा केही पालिका अधिवेशन हुन बाँकी छ । प्रदेश दुईमा भने अधिवेशन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो