ताजा अपडेट »

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेटवार्ता हुँदै

विहीबार, २१ असोज २०७८, ०७ : ००
8 Shares

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य याङ जिचीले स्विजरल्याण्डको ज्यूरिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग भेटवार्ता गर्ने भएका छन् ।  

चीनको परराष्ट्र मन्त्रालयले बुधबार जनाएअनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको परराष्ट्र मामिला आयोगको कार्यालयका निर्देशक याङले सुलिभानसँग सेप्टेम्बर १० तारिखमा चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखको फोनवार्तामा भएको सहमति अनुसार भेटघाट गर्ने छन् । उक्त भेटमा चीन-अमेरिका द्वीपक्षीय सम्बन्ध र समसामयिक विषयमा छलफल हुनेछ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।