१३ असार २०७९, सोमबार

Jun 27, 2022

परासी । पश्चिम नवलपरासीमा बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता हुनेको परिवारलाई नगद रकम हस्तान्तरण गरिएको छ । अमेरिकमा रहेका नेपालीहरूको संस्था देउराली फाउण्डेसन रकम संकलन गरी नवलपरासीका बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई नगद रकम हस्तान्तरण गरेको हो ।

Advertisement

देउराली फाउण्डेसनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको समन्वयमा बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई घरमै नगद रकम हस्तान्तरण गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए । यही भदौ ११ गते आएको बाढिले नवलपरासी पश्चिममा बाढीमा ३ जानाले ज्यान गुमाएको र बाढीले बगाउँदा एक जान बेपत्ता भएको परिवारलाई नगद रकम हस्तान्तरण गरिएको अध्यक्ष शर्माले बताए ।

अमेरिकामा रहेकी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकी सदस्य सरू शर्माको पहलमा देउराली फाउण्डेसनले ४४ हजार रकम संकलन गरि पठाएको र नेपाल पत्रकार महासंघको समन्वयमा ज्यान गुमाउने तथा बेपत्ता परिवारलाई प्रति परिवारलाई ११ हजार दरले नगद रकम हस्तान्तरण गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।

बाढीले रामग्राम नगरपालिकाको वडा नं. १८ पम्पपुरका बाबू बिनोद पासी र छोरा प्रदिप पासीलाई बाढिले बगाएको उनिहरूको परिवारलाई ११ र ११ हजार नगद, तृरिया खोलामा आएको बाढीले बगाउँदा सुनवल नगरपालिकाको वडा नं. ४ का एलिसा तमाङको बुवालाई ११ हजार नगद र सुनवल नगरपालिकाको वडान २ बतरौलीका बभन थारू झरही खोलामा दाउरा निकाल्दा जाँदा खोलामा आएको बाढिले बगाउँदा बेपत्ता भएको उनको परिवारलाई ११ हजार नगद रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

जिल्लामा बाढीले बगाउँदा ३ जनाले ज्यान गुमाएका छन भने एक जना बेपत्ता भएका छन । बेपत्ता भएको अझै भेटिएका छैनन् । उनको खोजी कार्य भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गोठमा आगलागी हुँदा १२ पशुचौपाया मरे खोला छ किनार छैन, सरकार छ सरोकार छैन ! नेप्सेमा दोहोरो अंकको गिरावट नेता आउँदा एयरपोर्टमा माला र खादा लिएर लावालस्कर लाग्ने संस्कार छोडौं : एमाले उपाध्यक्ष पौडेल पाल्पाको रिब्दिकोटमा १२ वर्षीया बालिकामाथि करणी गर्ने युवा पक्राउ आगलागी हुँदा निसास्सीएर ६ वटा पशु चौपाया मरे रुपन्देहीमा निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तरगत झुलनीपुर-अजमा सडक शिलान्यास जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू निरन्तर वर्षा, समय अघिनै रोपाइँ सुरु सर्वोच्चको आदेश- कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्नू काठमाडौँ उपत्यकामा १२ जनामा हैजा देखियो आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक जारी, मन्त्रीबाट हटाइएका नेता गएनन् क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिन : सहरी विकासमन्त्री चौधरी नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ ११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो १२ सय लिटर तेलसहित चार जना पक्राउ जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु