३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।

उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो मानेभञ्ज्याङमा पानीको समस्या हट्यो छाप्रामै थलिए राउटे थप चारजना अनुसन्धानमा तानिए, प्रत्यक्षदर्शी भएको आशंका कालो बादल देखेपछि डराउँछन् रुपन्देहीको मर्चवारबासी