८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

काठमाडौँ । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेल आज हुदै छ । खेल सनाझ ५:३० बजे दशरथ रंगशालामा हुदै छ । यस अघि विहिबार भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो ।

Advertisement

नेपाल र भारबीच अहिलेसम्म फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।

विहिबार नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेलमा एक-एक गोलको बराबरीमा खेल सकिएको थियो । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि अञ्जनको त्यो पाँचौ गोल हो । यसअघि चाइनिज ताइपेविरुद्ध विश्व कप छनौटका दुई खेलमा ३ गोल गरेको अञ्जनले अर्को गोल इराकविरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए ।

नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारिदिएका थिए । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो । खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।

किरण चेम्जोङको किर्तिमान बन्दै 

नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसँग विहिबार बराबरी गरेका थिए । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन् । आजको किरणले नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

भारतसँगको मैत्रीपूर्ण खेलपछि शुक्रबार नेपाली टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि कतार जानेछ । नेपाली टिम कतारबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपमा भाग लिन जानेछ । आयोजक समेत रहेको साविक विजेता माल्दिभ्सविरुद्ध नेपालले असोज १५ गते पहिलो खेल खेल्दै छ ।

त्यस्तै नेपालको दोस्रो खेल श्रीलंकाविरुद्ध असोज १८ गते खेल्ने छ भने भारतविरुद्ध असोज २४ गते खेल्ने छ । त्यस्तै बंगलादेशविरुद्ध असोज २८ गते खेल्ने छ । 

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’