ताजा अपडेट »

लुम्बिनी प्यालेसमा रक्तदान, ५० पिन्ट रगत संकलन

शनिबार, १९ भदौ २०७८, २० : ०३
20 Shares
शनिबार, १९ भदौ २०७८
20 Shares

सियारी । नेपाल नियमित रक्तदाता संघ र लुम्बिनी प्यालेस रिसोर्टले सियारीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । लुम्बिनी प्यालेस रिसोर्टमा गरिएको रक्तदानमा ५० पिन्ट रगत संकलन गरिएको छ । वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा र आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको प्यालेसका महाप्रबन्धक ध्रुव शर्माले बताए। उनले आगामी दिनमा सामाजिक कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, सियारी गाउपालिकाका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यता, लुम्बिनी प्यालेस रिसोर्टका प्रबन्धक निर्देशक अर्जुन भुषालको विशिष्ट आतिथ्यता, नेपाल नियमित रक्तदाताका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, प्यालेसका महाप्रबन्धक ध्रुब शर्मा, मानव श्रोत प्रबन्धक चोपलाल पाण्डे, अध्यागमन कार्यालयका प्रेम रोकाय, सियारी गाउपालिका– ५ का अध्यक्ष थमन थापा, नेपाल नियमित रक्तदाताका सचिव महेश खनालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्यालेस रिसोर्टका मानव श्रोत प्रबन्धक चोपलाल पाण्डेको स्वागत र नेपाल नियमित रक्तदाताका सदस्य मन्जु गिरिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।