१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा राससका संवाददाता चेतबहादुर अधिकारी (सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् ।

यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थीलगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता