१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काबुल । अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ।

Advertisement

अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। उनको मुनि राष्ट्रपति राखिने छ। एक जना सर्वोच्च नेता हुने र अर्को राष्ट्रपति हुने व्यवस्था अफगानिस्तानको छिमेकी इरानमा लागु भइरहेको छ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए। अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए। २० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता भएको थियो। तालिबानहरू फेरि सत्तामा फर्किएपछि समावेशी सरकार बनाउन उनीहरूलाई आन्तरिक र बाह्य रूपमा दबाब छ।

झन्डै चार करोड जनसंख्या भएको अफगानिस्तानमा झन्डै आधा मानिसहरूलाई खाद्यान्नको समस्या छ। उनीहरूलाई तत्काल राहत जरूरी छ। अर्थतन्त्र तहसनहस भएको अफगानिस्तानमा सरकार चलाउन तालिबानहरूलाई अन्तर्राष्ट्रिय सहायताको खाँचो छ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु