१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

कठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजबाट शुरु हुने नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा सामाजिक दूरी कायम गरी स्वास्थ प्रतिश्पर्धा गर्न आग्रह गरेका छन् ।

Advertisement

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको आजबाट वडा अधिवेशन प्रारम्भ भएको अवसरमा एक भिडियो सन्देश दिनुहुँदै प्रम देउवाले नेपाली काँग्रेस लोकतन्त्रको पर्यायबाची भएकाले काँग्रेस सुदृढ र बलियो भए मात्र लोकतन्त्र बालियो हुने बताए ।

 शुभकामना सन्देशकाे पूर्णपाठ ।

आदरणीय साथीहरू
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरु, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु ।
संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।

आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु ।

लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडि छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन(जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै कांधमा आएको छ । म तपाईहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहान्छु ।

हामी १४ औ महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौ । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ति सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागि सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु ।
धन्यवाद ।
जय नेपाल ।

प्रतिकृया दिनुहोस्

Flash News

‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा