१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

Advertisement

काठमाण्डाै। दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन हिजो मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो।मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलवार बुझाएको थियो ।

प्रतिवेदन तयार पार्न ढिलो गरेको र घटनालाई ढाकछोप गर्न लागिएको भन्दै सरकारको आलोचना भइरहेको बेला गृहले कुुटनीतिक पहल गर्न परराष्ट्रलाई पत्राचार गरेको हो । घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो।

यही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कुटनीतिक पहलका लागि अनुरोध गरिएको गृह मन्त्रालयले जनाएको छ। छानबिन समितिबाट मङ्गलवार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिए।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता हुनुुभएको थियो । भारतीय सुरक्षाकर्मीले तुुइनको लठ्ठा काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै