११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

आज सेप्टेम्बर ३ । आजको मितिमा विश्व इतिहासमा जर्मनी र फ्रान्सले एक अर्कोबिरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतालगायतका घटना भएका थिए । प्रस्तुत छ आज भएका केही विश्व घटनाः

जर्मनी र फ्रान्सद्वारा एकअर्कोबिरुद्ध युद्ध घोषणा : रसियाबिरुद्ध युद्ध घोषणा गरेको दुई दिनपछि  जर्मनीले सन् १९१४ को ३ सेप्टम्बरमा फ्रान्सबिरुद्ध पनि युद्ध घोषणा गरेको थियो । दीर्घकालिन रणनीतिसहित तत्कालिन जर्मन सेनाका प्रमुख अल्फ्रेड भोन सिचिलफेनको योजनाअनुसार जर्मनीले रसिया र फ्रान्सबिरुद्ध युद्ध घोषणा गरेको थियो । तयसको केही घन्टापछि फ्रान्सले पनि जर्मनीबिरुद्ध युद्ध घोषणा गरेको थियो ।
 
कतारको स्वतन्त्रता : खाडी मुुलुक कतारले आज नै स्वतन्त्रता पाएको थियो । व्रिटिश शासनको ५५ वर्षपछि ३ सेप्टेम्बर १९७१ मा कतारले स्वतन्त्रता पाएको थियो । कतारले हरेक वर्ष ३ सेप्टेम्बरलाई स्वतन्त्र दिवस मनाउँछ । 
 
पेरिस सन्धीमा हस्ताक्षर : सन् १७८३ मा बेलायत र अमेरिकाबीच पेरिस सन्धीमा हस्ताक्षर भएको थियो ।  हस्ताक्षरसँगै अमेरिकी क्रान्ति सकिएको थियो । सन् १७८२ को प्रारम्भिक सन्धीको जगमा अडेर सम्झौताले अमेरिकी स्वतन्त्रतालाइ मान्यता दिएको थियो ।

इ बेको स्थापना : अनलाइन दुनियाकै चर्चित कम्पनी अमरिकाको बहुराष्ट्रिय व्यापारसम्बन्धी कर्पोरशन हो इ बे। ई बेले बजार र लिलामलगायतका अनलाइनसम्बन्धी विश्वव्यापी व्यापार गर्छ । पाइरी ओमिदयारले सन् ३ सेप्टेम्बर १९५५ मा यसको स्थापना गरेका थिए ।
 
दायाँबाट गाडि चलाउन सुरु :सन् १९६७ देखि स्वीडेनका चालकहरुले सडकमा दायाँबाट गाडि चलाउन थालेका थिए । यसअघि स्वीडेनमा बायाँबाट गाडि चलाइन्थ्यो । 

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी फेरी आन्दोलनमा, माग पुरा नभएको गुनासो २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु भारतमा थप २६ हजार नयाँ सङ्क्रमित मल अनुदानमा वृद्धि बेँसी झर्न थाले भेडी गोठ