१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

महासंघको कार्यसमिति बैठक

परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले पत्रकार कल्याणकारी कोष स्थापना गरेको छ । बिहीबार बसेको महासंघको कार्यसमिति बैठकले कोष स्थापना गर्ने निर्णय गर्दै कोषमा आर्थिक सहयोग गर्न अनुरोध समेत गरेको छ ।

Advertisement

बाढीका कारण धेरै पत्रकार अप्ठ्यारोमा परेका बेला कोषको आवश्यकता महशुस गर्दै आगामि दिनमा अन्य विपत्तिमा समेत पत्रकारलाई सहयोग गर्न सकिने भएकाले कोष स्थापना गर्ने निर्णय गरिएको अध्यक्ष हरि शर्माले बताए । प्रभु बैंक परासी शाखाको खाता नम्बर ०५००१५१९३९५०००११ रकम जम्मा गर्न सकिने छ ।

कोष संञ्चालनका लागी अध्यक्ष शर्माकै अध्यक्षतामा पाँच सदस्यीय समिति पनि बनाईएको छ । कोषमा आजै २० हजार रुपैयाँ जम्मा भएको छ । जसमा लुम्बिनी दैनिक बुटवलले १० हजार र पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने र सहसचिव श्याम बुचा मगरले ५/५ हजार रकम जम्मा गरि सहयोग गरेका छन् ।

साथै महासंघको बैठकले प्रत्येक वर्ष बाढी पहिरोका कारण जनधनको क्षति हुने गरेको बताउँदै तीनै तहका सरकारलाई गम्भिर भएर समस्याको दिर्घकालीन समाधान खोज्न आग्रह पनि गरेको छ । पश्चिम नवलपरासीमा हरेक वर्ष बाढीका कारण ठूलो क्षति हुनेगरेपनि समस्या समाधानका चासो नदिएको पाईएकाले प्रभावकारी कदम चाल्न माग गरिएको सचिव राजकुमार रेश्मीले बताए ।

महासंघले पश्चिम नवलपरासीमा बाढीका कारण मृत्यु भएका परिवारलाई देउराली फाउन्डेसनले उपलब्ध गराएको आर्थिक सहयोग वितरण गर्न सहजीकरण गर्ने पनि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा