ताजा अपडेट »

जसपाको लुम्बिनी प्रदेश स्तरीय अभिमुखी कार्यक्रम भोलि भैरहवामा, तयारी पुरा

शनिबार, १२ भदौ २०७८, १९ : ५१
8 Shares

बुटवल । जनता समाजवादी पाटी, नेपालको आइतबार लुम्बिनी प्रदेशमा हुन गइरहेको प्रदेश स्तरीय अभिमुखी कार्यक्रमको तयारी पुरा भएको छ । २०७८ साल भाद्र ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट प्रत्येक प्रदेशमा अभिमुखी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम (भोलि) आइतबार लुम्बिनी प्रदेश स्तरीय अभिमुखी कार्यक्रम लुम्बिनी प्रदेशको भैरहवामा हुने भएको हो ।

अभिमुखी कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जसपाले जनाएको छ । भोलिको कार्यक्रममा अध्यक्षमा उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, महिन्द्र राय यादव, सुशीला श्रेष्ठ लगाएतको आथित्यता रहनेछ । बैठकले भाद्र ९ गते देखि १७ गते सम्म ७ वटै प्रदेशहरू अभिमुखीकरणका गर्ने निर्णय गरेको थियो ।

No description available.
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।