१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नेपाल बाल संगठन रुपन्देहीले राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला, बाल गीत तथा कविता बाचन प्रतियोगिताआयोजना गर्ने भएको छ । हरेक वर्षको भाद्र २९ गते मनाइने बाल दिवसलाई लक्षित गरि जिल्लाका विद्यालय तथा बालबालिकाहरुको सहभागितारहने गरि भाद्र १८ गते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Advertisement

बुटवलको बालमन्दिरमा आयोजना गरिने प्रतियोगितामा सहभागिताका लागि जिल्लाका सबै विद्यालयहरुलाई पत्राचार भइसकेको कार्यक्रम संयोजक अञ्जु श्रेष्ठले जानकारी दिइन् । कक्षा एकदेखि ६ सम्म र कक्षा सातदेखि १० सम्मका विद्यार्थीहरुलाई दुई तहमा वर्गीकरण गरि आयोजना गरिने प्रतियोगिताको विजेतालाई नगद ८ हजार, उप विजेतालाई ५ हजार तथा तृतीय हुनेलाई ३ हजार पुरस्कार राशी राखिएको संस्थाकी कल्पना पाडे मगरले जानकारी गराइन् । सहभागिताका लागि २ हजार प्रवेश शुल्क राखिएको प्रतियोगिता सम्पन्न गर्न २ लाख बढी खर्च अनुमा गरिएको छ ।

वि।स। २०२१ सालमा स्थापना भएको बाल संगठनले अनाथ असाहय बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा दिनुका साथै राहतका कार्यक्रमहरु समेत गर्दै आएको छ । बालबालिकाको अन्तर्निहित सुषुप्त प्रतिभालाई प्रस्फुटन गराई सुयोग्य र सक्ष्म नागरिक बनाउने उद्देश्यबाट प्रेरित भई संगठनले काम गरिरहेको संगठनका रुपन्देही अध्यक्ष साजन भण्डारीले बताए ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार बुटवलको बालमन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनका क्रियाकलापहरुमा थप सक्रिय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । संगठनको वि।स। २०४९ सालमा निर्माण भएको विधानलाई नै टेकेर क्रियाकलापहरु सञ्चालन गर्दा केही असहज भएको गुनासो गर्दै उनले परिमार्जनको आवश्यकतामा जोड दिए । नेपालका ७७ वटै जिल्लामा रहेको यश संगठनले सरकारको मातहतमा रहे पनि आफ्नै कोष परिचालन गरि कार्यक्रमहरु गर्दै आएको छ । बुटवलमा रहेको बालमन्दीरमा हाल ३२ जना वेसहरा बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो