१ आश्विन २०७८, शुक्रबार

Sep 17, 2021

काठमाडौं । निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ ।

गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएको नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएका थिए ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेकाअनुसार निर्वाचन आयोगबाट पत्रको व्यहोरा सहितको औपचारिक जानकारी आज शुक्रबार प्राप्त भएको हो । पत्रको व्यहोरामा संघीय संसद सचिवालय तथा प्रदेश संसद सचिवालयलाई कार्यार्थ उल्लेख गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

पत्र प्राप्त भएपछि सो दुई दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापन, गाडी सुविधा तथा अन्य नियमानुसार प्राप्त हुने सुविधा सचिवालयले उपलब्ध गराउने प्रवक्ता पाण्डेले बताए । नेता नेपाल अध्यक्ष रहनु भएको नेकपा (एस), मा ३० सांसद र नेता ठाकुर अध्यक्ष रहनुभएको लोसपामा १४ सांसद रहेका छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका शान्तिका नाममा लुट, कार्यकर्ता पोस्न ५० करोड खर्च मन्त्रिपरिषद् विस्तारकाे विषय एक हप्ता भित्र टुङ्गाे लाग्छ: नेपाल खोलामा ट्रक खस्यो, चालकको मृत्यु बजेट होलिडे : सरकारको गैरजिम्मेवारीले उत्पन्न वित्तीय संकट कुन देशले बालबालिकाहरूलाई खोप दिँदैछन् ? १२ लाख लगानीमा राजकुमारकाे कबाव उद्योग म्याग्दीका हिमालमा आरोही आउन थाले ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग आजदेखि पाथीभरा दर्शन खुला सुनवलमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग हुम्लामा लोडसेडिङले कक्षा १२ को वार्षिक परीक्षा आधा घन्टा ढिलो सञ्चालन दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि… विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा चीनबाट थप ४४ लाख खोप आज आउँदै, निगमको वाइडबडी विमान बेइजिङमा सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले थाले संवाद, बालकोट पठाए प्रतिनिधि रातभरको वर्षाले कस्ता छन् लुम्बिनीका सडक ? विश्वकप लिग-२: नेपालले आज अमेरिकाको सामना गर्दै