ताजा अपडेट »

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, बुटवल हुँदै काठमाण्डौं जाने कसरी ?

शुक्रबार, ११ भदौ २०७८, १६ : ३१
26 Shares
शुक्रबार, ११ भदौ २०७८
26 Shares

बुटवल । पछिल्लो २४ घण्टादेखि परेको निरन्तर वर्षाले लुम्बिनीसहित देशभर क्षति पुर्याएको छ । लगातारको वर्षाले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको हो । बुटवल-देवदह सडक खण्डको घोडाहास्थित पक्की पुल भासिँदा राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए । राजमार्ग अवरुद्ध भएसँगै यात्रुहरु अलपत्र परेका छन् ।

यस्तै, नवलपरासी (पश्चिम) बर्दघाट नगर पालिका-१० लण्डनबृज स्थित (पुर्व-पश्चिम) राजमार्ग सडक खण्ड र बासा, भुताहा र सुनवलनगरपालिका-१२ बडेरा स्थित रहेको डाइभर्सन बगाएपछि बुटवलदेखि काठमाण्डौं जाने यात्रुहरु अलपत्र परेका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयअनुसार अहिले सिद्धार्थ राजमार्ग भने सञ्चालनमा छ । बुटवलदेखि काठमाण्डौं जाने यात्रुहरु सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट काठमाडौं जान सकिने छ ।

सिद्धार्थ राजमार्ग हुँदै बुटवलदेखि पोखराको दुरी १६१. ३ किलोमिटर रहेको छ भने पोखरादेखि काठमाण्डौं को दुरी २०० दशमलव ६ किलोमिटर रहेको छ । यस्तै, बुटवलदेखि काठमाडौंको दुरी भने २६७.५ किलोमिटर रहेको छ ।

बुटवल-पोखरा हुँदै काठमाण्डौं जानको लागि यात्रुलाई भाडा र समय भने बढी लाग्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।