१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ । गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको भए पनि गतसाउन २८ गते अघि निषेधाज्ञामामा केही खुकुलो गरिएको थियो । निषेधाज्ञा खुकुलो भएपछि कोरोना भाइरस सङ्क्रमणको सक्रिय दर बढेर ७४० पुगेपछि गत साउन २८ गतेयता अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको थियो । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)को जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बजार र सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।

केही दिनयता कोरोना सङ्क्रमण दरमा विस्तारै कमी आएकाले आजदेखि बजार, पसल, उद्योग व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक शिवकुमार कार्कीले जानकारी दिए । “विस्तारै कोरोना घटेपछि पुनः निषेधाज्ञामा खुकुलो बनाइएको हो”, प्रजिअ कार्कीले भने, “स्वास्थ्य सचेतना अपनाउँदै जनजीवन सहज बनाउँदै लैजाने सरोकारवालाको नीति छ, व्यवसायीको मारलाई समेत मध्यनजर गर्दै खुकुलो बनाएको हो ।”

बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पसल तथा व्यवसाय सञ्चालन गर्ने, वित्तीय संस्था, बैंक, सहकारी संस्था, मनिट्रान्सफर खुला रहनेछन् । सहकारीले भने घरदैलो बचत सङ्कलन गर्न नपाइने, तीज कार्यक्रम गर्न नपाइने, मेला महोत्सव तथा धार्मिकस्थल खुला राख्न नपाइने भएको छ । धार्मिकस्थलमा भने नित्य कर्म मात्रै गर्न पाइनेछ । यस्तै आवसीय होटल, रेष्टुराँ र खाजाघर सञ्चालन गर्न पाइने भए पनि पार्टी प्यालेस, जिमघरलगायत तालिम तथा सेमिनार गर्न पाइने छैन । बिहीबारसम्म जिल्लामा ३४८ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट जिल्लामा हालसम्म ६५ जनाको मृत्यु भएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा