ताजा अपडेट »

वर्षा प्रभावितको सहयोगमा जुट्न कांग्रेसको आग्रह

शुक्रबार, ११ भदौ २०७८, १३ : ४७
2 Shares

भैरहवा । नेपाली काङ्ग्रेस रुपन्देहीले अबिरल वर्षाका कारण प्रभावितहरुको सहयोगमा जुट्न आफ्ना कार्यकता र सरकारी निकायलाइ आग्रह गरेको छ । लगातारको वर्षाले जिल्लाका विभिन्न ठाउँहरु डुबानमा पर्नुका साथै भौतिक क्षती पुर्याएको छ ।

त्यस्तो डुबान प्रभावितहरुलाइ उद्धार र सहयोग गर्नु मानवीय दायित्व समेत भएकाले कार्यकताहरुलाइ आ–आफ्नो स्थानबाट सहयोगमा जुट्न अपिल गरिएको कांग्रेस रुपन्देहीका सचिब राम कृष्ण खाणले जानकारी दिए । साथै वर्षा र बाढी प्रभावितहरुलाइ उद्धार गरि सहयोग गर्न काङ्ग्रेसले केन्द्र, प्रदेश र स्थानीय सरकारसँग पनि आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।