Apr 2, 2023
कैलाली । नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो । -रासस
प्रतिकृया दिनुहोस्