ताजा अपडेट »

परासी बजार डुबानमा, १४ वर्षीय किशोर बेपत्ता

शुक्रबार, ११ भदौ २०७८, १० : ५६
2 Shares

बुटवल । नवलपरासीको सुनवल नगरपालिकामा बाढीले बगाएर १४ वर्षीय किशोर बेपत्ता भएका छन्। सुनवलको वडा नम्बर-४ का १४ वर्षीय किशोर बेपत्ता भएका छन्। बस्तिमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अविरल वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभरफ्लो हुँदा र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घरहरू डुबानमा परेका छन्।

डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर-१ को सहुवाटिकर, वडा नम्बर–२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर ३ को संगम टोल, मालटोल, लोकतान्त्रीक टोल, वडा नम्बर–५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुद्ध चोक टोल र वडा नम्बर–६ पोखरापाली टोल पुरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयमा पनि २ देखि ५ फिटसम्म जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ता कपडा, फर्निचरलगायत सामानमा क्षति पुगेको छ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए। जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्द्घाट नगरपालिकाका केही वडा पनि बाढीले जल्मग्न बनेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।