१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023


Advertisement

सुस्ता। लगातार अविरल बर्षाको कारणले पश्चिम नवलपरासीको अधिकांस भुभाग जलमग्न भएको छ । जिल्लाको सरावल गाउँपालिका,प्रतापपुर गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका,रामग्राम नगरपालिका,सुस्ता गाउँपालिका,बर्दघाट नगरपालिका र सुनवल नगरपालिकाको अधिकांस भुभाग बर्षाको कारणले जलमग्न भएको हो ।

लगातार अविरल बर्षिरहेको बर्षाको पानी निकास नभएको कारणले नै जिल्लाको सदरमुकाम परासी बजार पुर्ण रूपमा डुबानमा परेको छ । झरहि खोलाको सरसफाइ नभएको कारणले गर्दा परासी डुबानमा परेको स्थानीयबासिले बताउँछन् ।

सुस्ता गाउँपालिकाको वार्ड न १ बरुवा बजार पनि यतिखेर पुर्ण रूपमा डुबानमा परेको छ भने त्यहाका स्थानीय ब्यक्तिहरुले आ आफ्नो लत्ताकपडा,खानेकुरा,अतिआवस्यक कागजातहरु लिएर कोटेश्वर मन्दिरको अग्लो स्थानमा बसिरहेका छ्न । घर र पसलहरुमा पानी पसेर डुबान भएपछि के कति क्षति भएको अहिले एकिन गर्न नसकेको सुस्ता १ बरुवाका निवासी निम्स चौधरीले बताए ।

त्यस्तै नेपालको ऎतिहासिक भुमी नारायणी नदि पारीको गाउँ सुस्तामा पनि नारायणीको बहाब बढेर पानी पसेको छ भने त्यहाका स्थानीयबासीहरुको खाद्यान्न,लत्ताकपडा र आवश्यक कागजातहरु सहित ब्यक्तिहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ लगिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र कुमार जयसवालले जानकारी दिएका छन् ।

जब मनसुन सुरु हुन्छ त्यसपछि हाम्रो निद सबै उडेर जाने गर्छ जहिले पनि नेताहरु आउछन् र अब यो डुबानको समस्या समाधान हुन्छ भनेर जान्छन् तर हाम्रो समस्या भने जिउकोतिउ नै रहेको पाल्हिनन्दन गाउँपालिका वार्ड न १ शंकरपुर बस्ने जितेन्द्र कुमार हरिजनले बताए ।

हरिजनको अनुसार खोलाहरुको सरसफाइ र ड्रेनको सरसफाइ र निकास नभएकै कारणले आफुहरु बर्सेनि डुबानको समस्या भोग्नपरेको बताए ।

बर्षाको पानी निकास नभएर बर्सेनि डुबानको समस्या भोग्न परेको जिल्लाको सदरमुकाम परासी, पाल्हिनन्दन गाउँपालिकाका शंकरपुर,रामपुर खडौना,सरावलको डुबन्तापुर,पुसौली,भुजहवा र प्रतापपुरको वार्ड न ३ र ४, सुस्ताको वार्ड न १ बरुवा र नदिपारीको गाउँ सुस्ता लगायत अन्य स्थानहरु यतिखेर जलमग्न भएको देख्न सकिन्छ ।

पाल्हिनन्दनको झरहि खोला र सरावलको धनेवा खोला सरसफाइ नभएको कारणले सरावल र पाल्हिनन्दनको आधा दर्जन भन्दा बढी गाउँहरु डुबानको पिडा खेप्दै आएको र डुबानको समयले गर्दा उनिहरुले खाद्यान्नको अभाव,खानेपानी,आवतजावत र सर्पको बिगबिगी जस्ता सास्ती भोग्न परिरहेको छ ।सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुवानमा परेको छ । सुनवल वडा नम्बर १० नम्बर भुडिया टोल डुवानमा परेको छ । बर्षाका कारण सुनवल नगरपालिकाको वडा नम्बर ३ मा पनि डुवान भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत सुनवल स्थित तुरियाखोलाको पुल जोखिममा परेको छ । अहिले पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाईएको छ । पुर्व पश्चिम राजमार्ग विस्तारका क्रममा विभिन्न ठाउँमा बनाईएका डाईभर्सनहरुमा बाढी बगेका कारण यातायत संचालन हुन सकिरहेको छैन ।

यता सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुवानमा परेको छ । सुनवल वडा नम्बर १० नम्बर भुडिया टोल डुवानमा परेको छ । बर्षाका कारण सुनवल नगरपालिकाको वडा नम्बर ३ मा पनि डुवान भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत सुनवल स्थित तुरियाखोलाको पुल जोखिममा परेको छ । अहिले पुलबाट सवारीसाधन आवतजावतमा रोक लगाईएको छ । पुर्व पश्चिम राजमार्ग विस्तारका क्रममा विभिन्न ठाउँमा बनाईएका डाईभर्सनहरुमा बाढी बगेका कारण यातायत संचालन हुन सकिरहेको छैन ।

त्यस्तै बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरु पनि डुवानमा परेका छन् । वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुवानमा परेको छ । वडा नम्बर ६ मा पनि डुवान भएको छ । वडा नम्बर १० धुर्वटोल,वार्ड न ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती डुवानमा परेको वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थराज फौजदारले जानकारी गराए ।

अविरल बर्षाको कारणले जिल्लाको अधिकान्श स्थानहरु डुबानमा परेपछि गएरातीको १ बजे र २१ मिनेट देखि विभिन्न स्थानहरुमा उद्दार कार्यका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु परिचालन गरि उद्दार टोलि खटाएको,डुबानबाट भएको क्षतिको विवरणहरु आइरहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुवानमा परेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा