१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । अफगानिस्तानको पुनर्निर्माणको परियोजनाका लागि विशेष अमेरिकी निरीक्षकले देशको कूल बजेटको ८० प्रतिशत हिस्सा विदेशी मद्दतबाट पाइने बताएका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापित भएपछि यी आर्थिक मद्दत बन्द हुने हुन् कि भन्ने खतरा तेर्सिएको छ ।

Advertisement

हालसम्म थुप्रै अन्तरराष्ट्रिय संगठन, वित्तिय संस्था र केही देशले अफगानिस्तानलाई दिइने आर्थिक मद्दत रोकेका छ ।

– विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएको परियोजनाबाट आफ्नो हात झिकेको छ ।

– अगस्टमा अन्तर्राष्ट्रिय मुद्रा कोषको तर्फबाट अफगान सरकारले ४४० मिलियन डलरका मद्दत पाउँदै थियो जुन अब स्थगित भएको छ ।

– अमेरिकाले अफगानिस्तानलाई सात अर्ब डलरको विदेशी मुद्रा भण्डार फ्रिज गरिदिएको छ ।

– जर्मनीले पनि अफगानिस्तानलाई दिइने आर्थिक सहायता रोक्ने निर्णय गरेको छ । यस वर्ष उसले अफगानिस्तानलाई ३०० मिलियन डलर दिँदै थियो । स्वीडेन र फिनल्याण्डले पनि यस्तै कदम उठाएको छ ।

– युरोपेली संघले पनि अफगानिस्तानको विकासमा मद्दत दिइने आर्थिक सहायता रोकिदिने बताएको छ । युरोपेली संघको तर्फबाट अफगानिस्तानले सन् २०२१ देखि २०२४ का बीच १।४ अर्ब डलरको रकम पाउँदै थियो ।

यद्यपि, अर्कोतर्फ मानवीय सहायतास्वरुप दिइने मद्दत बढ्न आशा जताइँदैछ । १९ अगस्टमा बेलायतले यस वर्ष मानवीय सहायताको रुपमा दिइने रकम बढाएर २६८ मिलियन पाउन्ड गरिदिनेछ । यद्यपि, प्रधानमन्त्री बोरिस जोनसनको सरकारले तालिबान आएपछि यो राशि भुक्तानीमा केही असर पर्ने नपर्ने बारे कुनै प्रतिक्रिया दिएको छैन ।

अघिल्लो वर्ष अफगानिस्तानका दान दाता संगठन र देशबीच आयोजना भएको एक सम्मेलनमा उसलाई १२ अर्ब डलरको सहायता रकम दिने बचन दिइएको थियो । तर सत्तामा आएको परिवर्तनले यो भुक्तानीमा कस्तो असर पर्छ, यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै