१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

महोत्तरी । यही भदौको सुरुआतदेखि परेको वर्षात्ले धानखेतीलाई राहत मिलेको छ । आकाशे पानीको भर परेका किसान सिमसिम पानी परेपछि औधी खुशी भएका हुन् । “भदौ लागेयता समय–समयमा पानी परेको छ, धानका बोट लहलहाएका छन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सरदारले भने, “सन्तुलित बर्खाको पानी त आकाशे पानीका भरको धानखेतीलाई अमृतजस्तै हुन्छ ।” भदौ लागिकन दुईपटक यस भेगमा परेको पानीले धानका बोट गाँजिन र पोटाउन राम्रो सहयोग पुगेको उनले जानकारी दिए ।

Advertisement

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ (कुलो, नहर)को प्रबन्ध छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइ (इनार, बोरिङ) को सुविधा बढ्दै गए पनि यो प्रबन्धमा अनुकूल वर्षा नहुँदा पानीका मुहान सुक्ने गर्छन् । यो सुविधाको निरन्तरताका लागि अनुकूल वर्षा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ बताउँछन् ।

जिल्लामा करिब ५० हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको केन्द्रकोे तथ्याङ्कले देखाउँछ । यसपालि गत असार मध्ययता भएको अतिवृष्टिले जिल्लामा ४० हजार हेक्टरमा धानखेती गरिएको छ । असार र साउनको बर्खे भेलले रोपिएकै धानको रोपो पनि बगाउँदा चिन्तित बनेका किसान अब भने अनुकूल वर्षा भएको हुँदा भएको खेतीबाट राम्रो उत्पादन हुने आशमा छन् ।

पछिल्लो वर्षाले धानखेतीलाई राहत भए पनि जिल्लामा यसपालि नगदे तरकारी खेती भने निकै घट्ने भएको छ । तरकारी खेतीलाई खेतबारी रुखिनुपर्ने र लगातार गोडमेल गर्नपर्ने भएको हुँदा यसपालि असार, साउनमा धेरै पानी परेर खेतीको अनुकूलता नभएको तरकारी किसानको भनाइ छ । नगदे खेतीमै उखुखेती भने फस्टाएको गौशाला नगरपालिका–१२ का दोरिक महतो बताउँछन् ।

बर्खाले जिल्लाका सडक भने हिलाम्य भएका छन् । गाउँबस्तीका कच्ची सडक मात्र नभएर मुख्य सडक नै आहालमा परिणत भएका छन् । जिल्लाको उत्तर–दक्षिण जोड्ने बर्दिवास–रामगोपालपुर–जलेश्वर सडक नियमित मर्मतसम्भार नहुँदा ठाउँठाउँमै ठूलठूला खाल्डा बनेर यातायात साधन चलाउन जोखिमयुक्त बनेको छ । यसबाहेक महेन्द्रनगर–सीतापुर–औरही–गौशाला सडक पनि बर्खे भेलले कटान र डुबान गराउँदा खाल्डैखाल्डो बनेको छ । सडकसम्बद्ध कार्यालय र स्थानीय तहले सडक मर्मतसम्भार र ढल व्यवस्थापनको काम हिउँदमा नियमित गर्न नसक्दा यो बिजोग खेप्नुपरेको जिल्लाका सर्वसाधारण बताउँछन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु