९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौँ । बेलायतमा गरिएको एउटा अध्ययनले कोरोनाभाइरसविरूद्धका भ्याक्सिन फाइजररबायोएनटेक र अक्स्फोर्डरअष्ट्राजेनेकाको प्रभावकारिता छ महिनामै घट्न थाल्ने देखाएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार बेलायतको जेडओई नामक संस्थाले गरेको अनुसन्धानमा फाइजर खोप लगाएको पाँचदेखि छ महिनामा यसले कोरोनाबाट जोगाउने क्षमता ८८ देखि ७४ प्रतिशतसम्म घट्ने देखिएको छ। त्यस्तै अष्ट्राजेनेका भ्याक्सिन लगाएको चारदेखि पाँच महिनामा यसको प्रभावकारिता ७७ देखि ६७ प्रतिशतसम्म घट्छ।

जेडओईको यो अनुसन्धान १० लाखभन्दा बढी एप प्रयोगकर्ताहरूले दिएका विवरणमा आधारित थियो। यी खोप लगाएका वयस्क मानिसहरूमा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्नेबारे थाहा पाउन थप विवरण संकलन गर्नु पर्ने हुन्छ किनकी यो अध्ययनमा सहभागी भएकाहरू प्रायस् वृद्धवृद्धा छन्। छ महिनाअघि कोरोनाको भ्याक्सिन लगाउनेमा उनीहरूलाई प्राथमिकतामा राखिएको थियो।

एकदमै नराम्रो परिस्थितिमा आउने हिउँदसम्म वृद्धवृद्धा र स्वास्थ्यकर्मीमा भाक्सिनको प्रभावकारिता ५० प्रतिशतभन्दा तल जान सक्ने जेडओईका सहसंस्थापक तथा अनुसन्धानकर्ता टिम स्पेक्टरले बताए। ‘यसले केही कुरा गर्नुपर्छ भन्ने देखाउँछ। संक्रमितहरू बढिरहेको र संक्रमण अझै उच्च हुने सम्भावना हुँदाहुँदै हामी खोपको प्रभावकारिता घटेको हेरेरमात्र बस्न सक्दैनौं,’ स्पेक्टरले भने।

अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकले कोभिड(१९ विरूद्ध भ्याक्सिनको बुस्टर डोज पनि लगाउने तयारी गरिरहेका छन्। भ्याक्सिन विज्ञहरूले सेप्टेम्बरदेखि वृद्धवृद्धालाई तेस्रो डोज लगाउनु पर्ने हुन सक्ने बताएका छन्। अमेरिकाले ८ महिनाअघि भ्याक्सिन लगाएकाहरूलाई सेप्टेम्बरको मध्यदेखि बुस्टर डोज लगाउने तयारी गरिरहेको छ।

बेलायतमै गरिकएको अर्को अध्ययनले डेल्टा भेरियन्टविरूद्ध फाइजर र अष्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिता तीन महिनामै कम हुँदै जाने देखाएको थियो।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने