१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

हुम्ला । पूर्वकार्यतालिकाभन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु जगदीश बासुदेव बुधबार हुम्लामा आइपुगेका छन। नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न उहाँ हुम्ला आइपुगेका हुन्। पर्यटन व्यवसायी विजय लामाका अनुसार खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा सद्गुरु एक दिन ढिलो हुम्ला आएको बताए। उनी बुधबार काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइजहाजमा आइपुगेका हुन्। उनीसँग अरू दुई जना सहयोगी पनि आउनुभएको छ । सिमकोट विमानस्थलमा ओर्लिएपछि सद्गुरुले सिमकोटलाई निकै सुन्दर ठाउँ भएको बताए ।

Advertisement

सद्गुरुलाई विमानस्थलबाट आवाससम्म लैजान मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उनी सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर पुगेका थिए। उनीलगायत ४६ जना पर्यटक र ५५ जना पर्यटक व्यवसायी एक दिन सिमकोटमै बस्नेछ । बिहीबार बिहानबाट उनको टोली लाप्चातर्फको पैदल यात्राका लागि निस्कनेछ । पैदल मार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले ११ दिन लगाउने कार्यक्रम छ । सद्गुरुले प्रत्येक बास बस्ने स्थानमा दुई रात बिताउने बताइएको छ ।

टोली नाम्खा गाउँपालिका–१ को लेकधिङ्गामा बास बस्नेछ भने अर्को बास चार हजार आठ सय मिटर अग्लो स्थान सेलिबाङ तालमा बस्नेछ । यस्तै अर्को बास भने लिमीको ताक्चीमा बस्ने व्यवस्था गरिएको छ । दैनिक चार घण्टा मात्र पैदल यात्रा गर्ने पर्यटकको टोलीले यी बास बस्ने स्थानमा दुई रात बिताउनेछ ।

११औँ दिनमा लाप्चा क्षेत्रमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्यतालिका रहेको छ । नेपाली भूमिबाट दर्शन गर्ने र मौसममा खराबी आए दुई दिन ढिलो पनि हुनसक्ने जनाइएको छ । मानसरोवर कैलाशको दर्शनपछि लाप्चा क्षेत्रबाट हेलिकप्टरमा टोली सिमकोट फिर्ता हुनेछ । यात्राका क्रममा पैदल, गाडी, मोटरसाइकल र घोडामा यात्रा गर्ने तयारी गरिएको छ । यसका लागि २५ जना स्थानीय भरिया पनि तयार गरिएको छ ।

११औँ दिनमा लाप्चा पुगेर टोलीले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम रहेको छ । अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिन पछि धकेलिएको छ । यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटक सिमकोट आइसक्नुभएको छ । उहाँहरू सबै खेल मैदानमा त्रिपालको व्यवस्था गरी बस्नुभएको छ । सद्गुरुसँग मानसरोवर कैलाशको दर्शन जाने टोलीमा भारत, अमेरिका, फ्रान्स, रुस, कोरिया, मलेसिया, जर्मन, अस्ट्रेलियालगायतका रहेका छन् ।

सिमकोट उत्रेका पर्यटकलाई होटेल व्यवसायी विजय लामाले खादा लगाएर विमानस्थलमा स्वागत गरेका थिए। कोरोना सङ्क्रमणका कारण पर्यटकलाई सिमसार क्षेत्र र खेल मैदानमा बस्नका लागि त्रिपालको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु