१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । कोभिड नियन्त्रणमा स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । स्पा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शारीरिक र मानसिक स्वास्थ्यका लागि स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए ।

Advertisement

उनले भने, “स्पा व्यवसायीले मर्यादित ढङ्गले आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्, नेपाल प्रहरी यहाँहरुलाई सहयोग गर्न तयार छ ।” ठमेलभित्र अझै धेरै विकृति रहेको भन्दै उनले यस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए । प्रहरी उपरीक्षक सिंहले जिल्ला प्रशासन कार्यालयको आदेशानुसार जिम्मेवार भएर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कोभिड नियन्त्रणका लागि नेपाल प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले स्पा व्यवसायलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । स्पा व्यवसाय अस्पतालपछि स्वास्थ्यका लागि दोस्रो अस्पताल भएको भन्दै उनले यसलाई स्वास्थ्यमापदण्ड पालना गरेर सञ्चालन गर्न पाउनुपर्नेमा उल्लेख गरे । कोभिडको मारमा स्पा व्यवसायी परेको उपाध्यक्ष शर्माको भनाइ थियो ।

परिषद्का महासचिव धुव्र अधिकारीले स्वास्थ्य मापदण्ड अपनाएर छिटो स्पा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए । उनले राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सञ्चालित स्पा व्यवसायबाट एक हजार ५०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको बताए । स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रलाई पर्यटन स्वास्थ्यको रुपमा रुपान्तरण गर्नुपर्ने बताए । उनले कोभिड–१९ को महामारीमा व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर न्यूनीकरण गर्नका लागि स्पा थेरापीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्पा व्यवसायीद्वय केशव बस्नेत र रामदेव महतोले व्यवसाय सञ्चालनका लागि तयार पारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विसं २०७८ मा स्थापना भएको स्पा सङ्घ नेपालमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै