ताजा अपडेट »

खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

बुधबार, ०९ भदौ २०७८, १५ : ०५
2 Shares

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।