१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । २५ अगस्टमा विश्व इतिहासमा महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटना भएका थिए, जुन अहिलेसम्म पनि चर्चामा छन् । प्रस्तुत छ आजको दिन विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाः

Advertisement

निल आमस्ट्रोङको निधन
अमेरिकी अन्तरीक्ष यात्री निल आमस्ट्रोङको सन् २०१२ को अगस्टमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनी सन् १९६९ को जुलाई ६ मा अन्तरीक्षमा पाइला टेकेका थिए । उनी ६ घन्टा ३९ मिनेटसम्म अन्तरीक्षमा बसेका थिए । ‘एउटा सानो पाइला सम्पूर्ण मानवजातकै लागि ठूलो खुड्किलो’ भन्ने उनको भनाई अहिले सम्म पनि चर्चित छ ।

उरुग्वे स्वतन्त्र राष्ट्र घोषित
सन् १८२२ मा अहिलेको ब्राजिल र उरुग्वेले पोर्चुगलबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । घोषणाको बाबजुद उसको स्वतन्त्रतालाई केही देशले मान्यता दिएका थिएनन् । सन् १९२८ को अगस्ट २५ मा भएको मोन्टेभिडियो सम्झौतामा हस्ताक्षर भएपछि उरुग्वेलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको थियो ।

दी सनले सुरु गर्यो लेख प्रकाशन
अमेरिकाको प्रतिष्ठित पत्रिका दी सनले सन् १८३५ अगाडिसम्म लेख रचना प्रकाशित गर्दैनथ्यो । न्युयोर्कमा कार्यालयमा रहेको यस पत्रिकाले सोही वर्षको अगस्ट २५ को मिति पारेर श्रंखलाबद्ध लेख प्रकाशन गरेको थियो । पत्रिकाले चन्द्रमामा सभ्यताको विकासबारे गहन ढंगले व्याख्या गरेको थियो ।

पेरिसको स्वतन्त्रता
आजकै दिनले पेरिसले नाजीबाट स्वतन्त्रता पाएको थियो । नाजीविरुद्ध सन् १९४० को १९ अगस्टमा भएको आन्दोलन २५ अगस्टमा समाप्त भएको थियो । नाजी सेना र फ्रान्सको सशस्त्र समूहका सदस्यबीच युद्ध भएको थियो । फ्रान्सेली सदस्यलाई जनरल जर्ज प्याटनको नेतृत्वमा रहेको अमेरिकी सशस्त्र फौजले सहयोग गरेको थियो । नाजी कमाण्डर जनरल डिट्रिच भोन चोल्टिजले फ्रान्सेली फौजसमक्ष आत्मसमर्पण गरेका थिए । २६ अगस्टमा जनरल चाल्र्स डी गाउले पेरिस प्रवेश गरेर स्वतन्त्र  र्‍यालीको नेतृत्व गरेका थिए ।

तारामा पुग्ने पहिलो यान
सन् २०१२ को अगस्ट २५ मा नासा भोयजर तारा नजिक पुग्ने पहिलो अन्तरीक्ष यान बनेको थियो । भोयजरले सन् १९७७  को ५ सेप्टेम्बरमा हेलियोस्पेयर  प्रस्थान गरेको थियो । सन् १९९० को फेब्रुबरीमा सो अन्तरीक्षयानले सौर्य प्रणालीका पहिलो तस्बिर पठाएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु