१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौ । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।

Advertisement

क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले यसको कार्यान्वयनका लागि नेताहरूलाई जिम्मा दिने गरी सिफारिस गरेको हो । पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद समाधान भएपछि अब १४ औँ महाधिवेशन तयारी सुरु भएको बताए । अब क्रियाशील सदस्यताको नामावली पार्टीबाट गठित निर्वाचन समितिलाई बुझाउने र समितिले निर्वाचनको कार्यक्रम अघि बढाउने जानकारी उनले दिए ।

निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाई क्रियाशीलको अन्तिम सूची उपलब्ध गराइने छ । पार्टीले यसअघि नै कानुनविद् महादेव यादवको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाइसकेको छ । समितिले आफ्नो काम प्रारम्भ गरिसकेको संयोजक यादवले जानकारी दिए ।

छानबिन समितिले गरेको निर्णयअनुसारको नामावलीमा कुनै परिवर्तन नगरिने बताइएको छ । साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवार भई निर्वाचित भएका कुनै नेता, कार्यकर्ताले क्रियाशील सदस्यता नपाएको अवस्थामा त्यस्ता व्यक्तिले निर्वाचित भएको प्रमाणसहित माग दाबी गरेमा क्रियाशीलको सूचीमा नाम समावेश गर्ने र त्यस्तो व्यक्तिलाई केन्द्रले सदस्यता दिने सिफारिस छानबिन समितिले गरेको छ ।

बाराको विवादित ११६ वटा फाराम र सोलुखुम्बुको ५१५ नामावलीलाई पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि स्थगित गर्ने र महाधिवेशनपछि प्रक्रिया पु-याई सदस्यता दिन छानबिन समितिले पार्टीलाई सिफारिस गरेको छ ।

यस्तै सप्तरीको प्रतिनिधि सभा क्षेत्र १, २, ४ र बाराको प्रतिनिधि सभा क्षेत्र १ र ४ को नयाँ क्रियाशील सदस्यता १४ औँ महाधिवेशनका लागि स्थगन गरी महाधिवेशनपछि प्रक्रिया पु-याई सदस्यता प्रदान गर्न सिफारिस गरिएको छ तर धनुषाको प्रतिनिधि सभा क्षेत्र ४ र सर्लाहीको क्षेत्र २ को विषयमा भदौ १२ गतेभित्र निर्णय गरिने भएको छ ।

साथै कुनै पनि वडामा १३ औँ महाधिवेशनको क्रियाशील सदस्य सङ्ख्याभन्दा समायोजनको क्रियाशील सदस्यता बढी भएमा बढी भएजति १४ औँ महाधिवेशनका लागि स्थगित गरी महाधिवेशनपछि प्रक्रिया पु-याएर सदस्यता दिइने छ ।समायोजन समितिले केन्द्रबाट प्रक्रिया पु-याई क्रियाशील सदस्यता दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउन पनि छानबिन समितिले सिफारिस गरेको छ ।

यसअघि सोमबार छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाएको थियो । काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्म १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै