१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौं । अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् ।

आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई नेपाली नागरिक फर्कने क्रम जारी रहेका छन् । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सरकारले आफ्नो विवरण भर्नका लागि कन्सुलर सेवा विभागको बेवपोर्टल तथा भाइबर र ह्वाट्एपसहितको मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ । सरकारले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सरकारले उपलब्ध गराएको फोन नम्बरमा जानकारी उपलब्ध गराउन आग्रहसमेत गरेको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै