६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

काठमाडौं । तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ ।विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगले समेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा ओर्लेको छ । 

Advertisement

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । वित्त ४५.७९ र निर्जीवन बीमा ११२.८ बिन्दुले बढेको छ ।  

यस्तै, बैंकिङ १९.८२, व्यापार ६२.५३, होटल तथा पर्यटन १७.०२, विकास बैंक २४३.८९, जलविद्युत् १३२.७७, उत्पादन १५७.४, अन्य ३०.०२, लघुवित्त ३१.४५, जीवन बीमा १४३, सामूहिक लगानी कोष ०.०१ र लगानी ५.२५ बिन्दुले घटेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७५ करोड ४३ लाख ३३ हजार ७२३ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ७१ करोड ९१ लाख ६१ हजार ७९२, नेशनल हाइड्रोपावर रु ५८ करोड ५३ लाख ८६ हजार २३४, रिडी हाइड्रोपावर रु ४७ करोड २० लाख एक हजार ९१९ र नेपाल बैंक रु ४१ करोड ७६ लाख ८९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सेन्ट्रल फाइनान्स ७.४७, नेको इन्स्योरेन्स ५.०६ र जनरल इन्स्योरेन्सका शेयरधनीले ४.४९ प्रतिशतले कमाए । 

१६ कम्पनीको शेयरमा नकारात्मक सर्किट 

नेप्सेका अनुसार आज अधिकांश जलविद्युत् कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । विवरणअनुसार १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लागेको हो । सबैभन्दा बढी नेशनल हाइड्रोपावरको शेयर रु ४८ ले घटेको छ ।  एचआइडिसीएल, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, नेपालहाइड्रो डेभलपर, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । 

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर, ९.९९, हिमालयन पावर पार्टनर ९.९९, लिवर्टी इनर्जी ९.९२, र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाएका छन् । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य ओरालो लाग्दा नेप्सेले पनि आरोलोको यात्रा तय गरेको हो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार