१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती सुरुआत गरेको छ ।गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी यहाँका किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि दुई ठाउँमा फूल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारीदिए । वडा नं. ४ को पुछारमा १४ रोपनी र वडा नं. ७ को बारिचौरमा ६ रोपनी जग्गा भाडामा लिई पहिलो चरणमा सयपत्री र मखमली फूलका बिरुवा लगाएको उनले बताए ।

चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै जाने हुँदा आफ्नै गाउँ ठाउँमा यसको व्यावसायिक खेती गरी आर्थिक आम्दानीको बलियो स्रोतको रुपमा विकास गर्न सकिने भएकाले गाउँपालिकाले नमूनाको रुपमा खेती थालेको उनको भनाइ थियो । अध्यक्ष थापाका अनुसार गाउँपालिकाले सुरु गरे पनि आगामी वर्षबाट बारिचौरस्थित लालीगुराँस घरवासको आर्थिक स्रोतको रुपमा फूल खेती हस्तान्तरण गरिनेछ । घरवासमा आउने आन्तरिक तथा बाह्य पाहुनालाई स्वागतका लागि प्रयोग गरिने फूल त्यहीँ उत्पादन हुने भएपछि स्थानीयलाई आम्दानी र रोजगारी दुवै मिल्ने गाउँपालिकाले जनाएको छ ।

Advertisement

पालिकाले लालीगुराँस घरवासलाई ‘फूलै फूलको होमस्टे’ को रुपमा विकास गर्ने योजनासहित अगाडि बढेको अध्यक्ष थापाले बताए । गाउँपलिकाले विशेष गरी फूल खेतीको व्यवसायिकतामा जोड दिँदै आर्थिक आम्दानीको दरिलो स्रोतको रुपमा चित्रण गरी स्थानीयलाई फूल खेतीतर्फ प्रेरित गर्न खोजेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारीदिए ।

ठूला–ठूला बारीका पाटा यसै खेर गइरहेका छन्, बाँझो अवस्थामा छन् तिनीहरुको व्यवस्थापन गरी फूल खेती गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा स्थानीयलाई देखाउन खोजिएको उनको भनाइ थियो । “सयपत्री र मखमली गरी दुई स्थानमा झण्डै १५ हजार बिरुवा लगाइएको छ”, उनले भने, “विशेष गरी मुख्य चाड दशैँ र तिहारलाई लक्षित फूल उत्पादन हुने गरी लगाइएको छ ।” स्थानीयले आफ्नै ठाउँमा रोजगारी पाएका छन् भने अर्कोतर्फ उक्त स्थानमा आएर फूल खेतीका बारेमा सीप सिक्ने अवसर पनि प्राप्त गरेका छन् । यसले गर्दा भोलि ईच्छा हुनेले आफ्नो छुट्टै व्यवसाय सञ्चालन गर्न सक्ने बताइएको छ ।

बीउ ल्याएर बेर्ना उत्पादन गर्ने र बेर्ना लगाउँदासम्म दुई स्थानमा गरेर झण्डै तीन लाख लागत लागेको छ । “फूल खेतीबाट लगानीको १० गुणासम्म आम्दानी गर्न सकिन्छ”, अधिकृत पौडेलले भने, सुरुआत गर्दा तीन लाख लगानी भएको छ भने आम्दानी ३० लाखसम्म हुने अनुमान हाम्रो छ, फूल बिक्रीका लागि विभिन्न शहरका ब्यापारीसित बजारीकरणका लागि छलफल शुरु गरिसकेका छौँ ।” पहिलो चरणमा गाउँपालिकाले नमूनाको रुपमा स्थानीयलाई फूल खेती गर्नतर्फ प्रेरित गरे पनि आगामी वर्षबाट पालिकाले नगरेर स्थानीयलाई प्रविधि, सीप, तालिम तथा आवश्यक सहयोग हस्तान्तरण गर्दै जाने गाउँपालिकाको लक्ष्य छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै