१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

सप्तरी । प्रदेशको एक मात्र सरकारी स्वामत्विको गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्र वर्सेनि डुबानमा पर्दै आएको छ । अद्यौगिक क्षेत्र निरन्तर डुवानका कारण यहाँ संचालित उद्योगहरु बन्द रहेको र लगानी अनुसारको फाईदा नभएर उद्योग घाटामा रहेको कोशी पोलिमर्श उद्योगका संचालक रमेश यादवले बताए । उनी भन्छन्, डुवान लगायत ढल निकास,विद्युत,खाने पानी लगायतको समस्याका बीच हामी उद्योग संचालन गर्न बाध्य छौं ।

Advertisement

पछिल्लो समय एक सातादेखिको लगातारको बर्षाले भदौ १ गते नै औधोगिक क्षेत्रको २५ मिटर जति सिमाना पर्खाल भत्कियो त्यसपछि औधोगिक क्षेत्र पूर्णत डुबानमा परेको आद्योगित कार्यालय व्यवस्थापन प्रमुख दीपकराज आचार्यले बताए । अहिले डुवान हुनुको कारणबारे उनी भने– पहिलो आद्यौगिक क्षेत्र परिसर भित्र बाहिरको पानी पस्दैन्थयो । जबरुपनि–राजबिराज सडक खण्डको ५ किलोमा गाउपालिकाले सडकेखि पूर्व छाडेर पश्चिमतिर पानिको बहाव बन्द हुने गरी बाँध बाधियो त्यसपछि औधोगिक क्षेत्र डुबानमा पर्न थालेको हो ।

झण्डै २२ बिघा बढी जग्गामा फैलिएको औद्योगिक क्षेत्रको आफ्नै पानी निकासको व्यस्थापन गर्न सकेको छैन । त्यसमा झन बाहिरको पानी भित्र पस्ने गरी पानीको बहाव नै मोडिएको कारण एक दशक यतादेखि यो क्षेत्र डुबानमा पर्दै आएको स्थानीयको गुनासो छ । रुपनि गाउपालिक वडा–५ मा पर्ने करिब तीन सय वटा उद्योग सञ्चालन गर्न सक्ने क्षमता भएको औधोगिक क्षेत्र डेढ दशकदेखि डुवानको समस्यासँगै गौचरणमा परिणत भएकोे छ । पछिल्लो पाँच वर्ष यता क्षेत्र भित्र केही पूर्वाधार विकास र संरक्षणको काम थालिए पनि वर्षायाम शुरु भएसँगै डुबानकै समस्याले काम ठप्प भएकोरु समयमै गर्न नसकेको व्यवस्थापन कार्यालयको ईन्जिनियर पुरुषोत्तम ठाकुरले बताए।

भारत सरकारको लगानीमा २०४४ सालमै स्थापना भएका यो औद्योगिक क्षेत्र २०५० सालमा नेपाल सरकारको पूर्ण स्वामित्व रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएका थिए । त्यसवेलाको संरचना अत्यन्तै सुदृढ र लोभलाग्दो रहेको क्षेत्रको स्थापना कालदेखिनै त्यहाँ कार्यरत कर्मचारी सुरेश भुजेल बताए । उनले थपे – त्यसपछि यो उद्योगिक क्षेत्रको प्रवद्धन र विकासमा कसैको चासो भएन र गौचरण बन्यो । उद्योगिक क्षेत्रको डुवान समस्या समाधान बारे यस अघि तत्कालीन प्रमुख जिल्ला अधिकारी,खउद्योग मन्त्रालयको प्रतिनिधि सहितको टोलीद्धारा अनुगमन गरी सहरी विकास , सडक डिभिजन, गाउँपालिका लगायत सँग पहल गरे पनि परिणाम शुन्य रहेको कार्यलय प्रमुख आचार्यले गुनासो गरे, उनले भने, यस क्षेत्रको विकास र प्रवर्दनमा थुप्रै विकल्प हुदाँहुदै पनि स्थानीय सरकार र यहाँका व्यक्तिले समेत चाहेको छैन् । हामी जस्ता कर्मचारी काम गर्न चाहेपनि अनेक चुनौति खडा गरिदिन्छ ।

यसबारे गाउँपालिका अध्यक्ष हरेराम यादव सँग कुरा गर्दा सुरुदेखि नै सरकारकै उपेक्षामा परेको कारण यो क्षेत्रको विकास हुन सकेको छैन । वर्षेनि पालिका नै डुवानमा पर्दै आएको आफ्नै समस्या छ । अध्यक्ष यादव भने, यो क्षेत्रको विकास हुन नसक्नुमा वाढी पहिलो कारण रहेको छ तर बाढी नियन्त्रणका लागि पालिकामा समेत बजेट छैन् औद्योगिक क्षेत्रको लागि हामी कहाँबाट गर्ने । यता औद्योगिक क्षेत्रको ड्ुबान समस्या बारे जिल्ला प्रशासन कार्यलय सँग पछिल्लो समय कु्नै प्रकारको जानकारी र समन्वय नहरेको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले बताए।

देशको ६ वटा प्रदेशमा सरकारले नयाँ औद्योगिक क्षेत्रको निमार्णमा तदारुकता देखाए पनि प्रदेश २ मा रहेको यो एक मात्र उद्योगिक क्षेत्रमा कहिले बजेट त कहिले कर्मचारी नै नपठाएर सरकारी उपेक्षाकै कारण पनि यसकोे विकासमा चुनौति थपिदै गएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै