१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

कास्की । गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो । अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छ ।

Advertisement

प्रतियोगिताको आयोजना कोभिड–१९ को प्रभावमा निर्भर रहने राखेपले जनाएको छ । प्रतियोगिता यसै वर्ष हुनेरनहुने यकिन नभए पनि प्रतियोगिता लक्ष्य गरेर खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालासहित प्रदेशका अन्य जिल्लामा खेल पूर्वाधार निर्माणका लागि रु १६ करोड ४५ लाख बजेट विनियोजन गरिएको क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

कूल विनियोजित बजेटमा पोखरा रङ्गशालामा मात्रै रु १५ करोड छ । पोखरा रङ्गशालाभित्र हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)का लागि रु छ करोड बजेट यस वर्ष परेको छ । सुटिङका लागि रु दुई करोड विनियोजन गरिएको छ । यसैगरी फुटबल स्टेडियमा ‘फ्लड लाइट’ जडानका लागि रु पाँच करोड, रङ्गशालामा होभरहेड ट्याङ्की रु एक करोड र पोखरा क्रिकेट मैदानका लागि रु एक करोड यस वर्ष राखेपको रातो किताबमा परेको कार्यालय प्रमुख योगीले जानकारी दिए ।

“कोरोनाका कारण गत वर्ष सम्पन्न हुन नसकेको राष्ट्रिय खेलकुद यस वर्ष सम्पन्न गर्ने योजना राखेपको छ”, योगीले भने, “सोहीअनुसार खेल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको छ, छिट्टै बोलपत्र आह्वान भएर कार्यान्वयन गछौँ ।” पोखरा रङ्गशालामा अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहेकाले पनि प्रतियोगिता आयोजनालाई समस्या नपर्ने बताइन्छ । पौडी पोखरी, सुटिङ र हक्कीबाहेका अन्य खेलका पूर्वाधारको समस्या पोखरामा छैन ।

राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा बजेट अभाव भएमा यसबाहेक पनि थप बजेट प्राप्त हुने योगीको भनाइ छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मर्मत तथा निर्माण शीर्षकमा रु ५० लाख छुट्याइएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने राखेपले योजना बनाएको छ । पोखरा रङ्गशालाबाहेक अन्यत्र जिल्लास्तरमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि यस वर्ष बजेट छुट्याइएको छ ।

पर्वत, मनाङ र मुस्ताङमा कभर्डहलका लागि रु १० लाखका दरले बजेट विनियोजन गरिएको छ । स्याङ्जामा खेल पूर्वाधारका लागि रु १० लाख, नवलपरासीको कावासोती रङ्गशालाका लागि रु १० लाख, तनहुँको चिन्नुटार, म्याग्दीको रत्नेचौर, लमजुङको राइनास र गोरखा रङ्गशालाका लागि रु १० लाखका दरले राखेपबाट बजेट विनियोजन भएको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु