ताजा अपडेट »

नीलहिरा समाज रुपन्देहीले मनायो गाइजात्रा

सोमबार, ०७ भदौ २०७८, २२ : ३९
118 Shares
सोमबार, ०७ भदौ २०७८
118 Shares

बुटवल । नील हिरा समाज रुपन्देहीले र्याली लगाएत विविध कार्यक्रमको आयोजना गरि १८ औं गाइजात्रा पर्व मनाएको छ । गाइजात्रा पर्वको अवसरमा सोमबार रुपन्देहीको भैरहवामा आयोजित र्याली पश्चात सहभागीले शुभकामना मनतव्य सहित साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यौनिक तथा लंैगिक अल्पसंख्यकको पहिचान दिने ७ रंगमा अंकीत इन्द्रेणि झण्डा,बिभिन्न रंगका बेलुन र अधिकार प्राप्तिका माग सहितको प्लेकार्ड हातमा समाउदै हर्षउल्लासका साथ उनिहरुले पर्व मनाएका हुन्।

नील हिरा समाजको सहयोगी संस्थाको रुपमा कार्य गर्दै आएको एक्लोलाई साहरा दिने वृक्ष समुह रुपन्देहीका कार्यालय प्रमुख मनिला न्यौपानेले गाईजात्रा पर्व,यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय विच विषेश सम्बन्ध रहेको बताइन् । आज भन्दा १८ वर्ष पहिले समुदायमा तेस्रो लिङ्गी ,समलिङ्गी वा यौनिक तथा लैंगिक अल्पसंख्यक हुँ भनेर खुलेर आउन नसकेको अवस्थामा यसै गाईजात्रा पर्वमा गहना श्रृगार र आफूलाई मन परेको लुगा लगाएर रमाउन पाउदा निकै खुशी भएको उनले बताइन्।

हामीले गाइजात्रा मनाउँदा समाजका अरुलाई गाईजात्रा पर्व मनाएका हुन् भन्ने लाग्ने ,हामीलाई भने मनको बह पोख्ने ठाँउजस्तै भएका कारण पनि यो पर्वलाई हामी विषेश मान्ने गर्दछांै । यसैगरि हाम्रा पुर्खाहरु जो यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण परिवार र समाजबाट एक्लीएर बस्दै गर्दा मृत्यु भएको हुन्छ,उहाँहरुलाई सम्झने कोहि नहुने भएकाले दिनभर कार्यक्रम गरि साँझ उहाँहरुको दिवांगत आत्मको चिरशान्तिको कामना गर्दै उहाँहरुकै सम्झनामा दिप प्रज्ज्वलन पनि गर्नेछौं।’ उनले भनिन् ।

कार्यक्रममा सहभागी सरोज न्यौपाने,रिजन मगर,टीकाराम भुसाल र हीमानी रसाइलीले बोल्दै विगतका दिन कहाली लाग्दा भएको सम्झँदै अहिले परिवर्तन भएको तर, प्रयाप्तता नभएको बताए । नेपालको संविधान २०७२ मा उल्लेख गरिएका विषयहरु व्यबाहरिकरुपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनीहरुले गाईजात्रा पर्वमार्फत समुदायमा सन्देश र सरकारलाई दवाव दिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।