१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१ ओखरबोटका किसान कान्छी सापकोटाको पाँच रोपनी बारीको मकै बँदेलले नष्ट गरिदियो । मकै सखाप पारेपछि हातमुख जोर्ने चिन्ताले उनलाई सताएको छ । “पाक्न लागेको सबै मकै बँदेलले एकै रातमा खाएर र बोट भाँचिदिएर सखाप पारिदियो, अब त हातमुख जोर्न धौधौ पर्छ” सापकोटाको गुनासो थियो । उनको मात्र होइन, गाउँका नानीराम सापकोटालगायत अधिकांशका बारीको मकै खसाप भएको छ । कान्छीले भने, “वन नजिकै रहेका सबै बारीका मकै बँदेलले नष्ट गरेको छ, जङ्गली जनावरका कारण बाली जोगाउन निकै मुस्किल भएको छ ।” उनका अनुसार जोगिएको बाली बचाउन गाउँले प्रयासरत रहेपनि बँदेलले आक्रमण गर्ने भएकाले कोही पनि बारीमा पस्न सकेका छैनन् ।

Advertisement

अहिले वडा नं १, २, ३ र ५का बासिन्दाले वन्यजन्तुबाट भएको क्षति व्यहोर्नुपरेको छ । “बँदेलले दिउसै पनि मकै खाइदिएको छ” नं वडा ५की बिमला तिमल्सिनाले भनीन् । “बेथानचोक गाउँपालिकाको सबै क्षेत्रमा बँदेल र दुम्सीले बालीमा क्षति पुर्याएको छ,” स्थानीय कृषक नवराज तिमल्सनाले बताए, “ केही स्थानका किसान अन्नबाली जोगाउन रातभर आलोपालो कुरुवा बस्न थालेका छन् ।”

गत साउनको अन्तिम साता मण्डनदेउपुर नपा–१ नगरकोटस्थित हलेदेमा बँदेलले सयौँ रोपनी बारीको मकै सखाप पारेकाले जोगाउन रातभर आलोपालो कुरुवा बस्नुपरेको त्यहाँका बासिन्दाले बताए । पीडित किसानले बँदेल नियन्त्रणका लागि नगरपालिका जिल्ला प्रशासन कार्यालय र वन कार्यालयमा जानकारी गराउनाका साथै बाली जोगाउन पनि माग गरेका छन् । नगर उपप्रमुख निर्मला शाहीले स्थानीयवासीलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको र वन्यजन्तुको अतिक्रमण रोक्नका लागि सरोकारवाला निकायसँग छलफल गरिने बताए ।

उनले भने, गतसाल पनि सोही नगरको ८ र ९ वडा बाहेक सबै स्थानको बालीमा बाँदरले क्षति पुर्याएकामा अहिले नमोबुद्ध नगरपालिकाका साथै तेमाल, रोशी, भुम्ल र चौंरीदेउराली गाउँपालिकाको बालीमा वन्यजन्तुले क्षति पु¥याएकाले जोगाउनका लागि स्थानीयवासीले जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् । विगत तीन वर्षदेखि यस्तो क्षति व्यहोर्दै आएका यहाँका किसान बेला बखत हिंस्रक जङ्गली जनावरको आक्रमणमा पनि पर्दै आएका छन् ।

डिभिजन वन कार्यालयका अधिकृत देवीचन्द्र पोखरेलले जिल्लाका अधिकांश वनमा आवश्यकभन्दा बढी बँदेल भइसकेकाले किसान र वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको बताए । “वन्यजन्तुलाई सीमित गर्न नीतिमै परिवर्तन नभएसम्म तिनको अतिक्रमण न्यूनीकरण गर्न सकिन्न” उनले भने, “कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए पनि प्रावधानअनसार क्षतिपूर्ति दिने काम भने भइरहेको छ । ” कार्यालयका अनुसार १२ वर्षयता जिल्लामा जङ्गली जनावरको आक्रमणबाट १४को मृत्यु र पाँच घाइते भएका थिए । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिबापत रू १३ लाख बराबरको राहत उपलब्ध गराइएको थियो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण