ताजा अपडेट »

अफगानिस्तानमा रहेका थप २८९ जना नेपालीको उद्धार

विहीबार, ०३ भदौ २०७८, १६ : १७
8 Shares

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८९ जना नेपालीको उद्धार गरिएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८९ जनाको उद्धार गरी काठमाडाँ ल्याइएको छ ।

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।