१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

बुटवल । विभिन्न राजनीतिक हलचल र काण्डले देशभर चर्चामा रहेको लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री प्राप्त गरेको छ । नेकपाको बहुमतबाट मुख्यमन्त्री बनेका शंकर पोखरेल अल्पमतमा परेर राजीनामा दिई बाहिरिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेका थिए । सोही अनुसार नेकपा माओवादी,कांग्रेस,जसपा र जनमोर्चाको संयुक्त गठबन्धनले बिहीबार कुलप्रसादलाई मुख्यमन्त्रीको लागि सिफारिस गरेको थियो । गठबन्धनले ४२ सांसदसहित मुख्यमन्त्रीको लागि सिफारिस गरेपछि प्रदेश प्रमुख शेरचनले उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको जन्म वि.सं. २०२७ साल माघ १० भएको हो । बुवा टिकाराम केसी र आमा रजमता केसीको कोखबाट केसीको रोल्पाको रोल्पा नगरपालिका–६ जिवाङमा जन्म भएको हो ।

Advertisement

राजनीतिक ईतिहास
सानै उमेरबाट राजनीतिमा रुची राख्ने केसीले गाउँकै प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरि २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै अनेरास्ववियुको सदस्यता लिएका लिएका थिए । वि.स. २०५० सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रर्दशन गरेबापत उनी शिक्षक पेशाबाट वर्खास्त गरेका थिए ।

यस्तै राजनीतिमा सक्रिय हुन थाले उनले २०५० मा नेपाल कम्यूनिष्ट पार्टी माओवादीको रोल्पा जिल्ला समिति सदस्यता प्राप्त गरे । विद्यार्थी राजनीतिमा सक्रिय उनले २०५० सालबाट पार्टीको जिल्लाको राजनीतिमा सामेल हुने अवसर प्राप्त गरे । २०५० सालमै केसीलाई माओवादीले दाङ, प्यूठान र सल्यानको सेक्रेटरीको जिम्मेवारी प्रदान गर्यो । उनले त्यतिबेला माओवादीको संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्याए ।

२०५७ सालमा केसीलाई भेरी कर्णाली क्षेत्रीय व्युरो सदस्यताको जिम्मेवारी दिईयो । साथै, उनलाई पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसरको जिम्मेवारी पनि प्राप्त गरे । वि.सं. २०५७ सालमा उनले माओवादीको बाग्मती र नारायणी ईन्चार्जको जिम्मेवारी सँगै पोलिटिकल व्यूरोको जिम्मेवारी प्राप्त गरे । उनले ०५८ सालमै माओवादीको केन्द्रीय सदस्य बने । उनी २०६३ साल साउन २५ गते भारतीय जेलबाट रिहा भएका थिए ।

यस्तै, २०६३ सालमा योङ कम्यूनिष्ट लिगको केन्द्रीय ईन्चार्जको जिम्मेवारी प्राप्त गरे । २०६३ सालमा कमिसार, जनसेना तेस्रो डिभिजन शक्तिखोरको जिम्मेवारी प्राप्त गरे । उनले २०६९ मा नेकपा एकीकृत र नेकपा माओवादी पार्टीमा फुट भएपछि नेकपा क्रान्तिकारी माओवादी वैद्य समूहको स्थायी कमिती सदस्यको जिम्मेवारी प्राप्त गरे । ०७२ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । यस्तै उनी २०७४ सालमा प्रदेश सभा सदस्यमा रोल्पा १ बाट निर्वाचित भए । फागुन ३गते देखि उनी लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भए ।

उनी २०७५ सालमा नेकपाको केन्द्रीय सदस्य, हाल लुम्बिनी प्रदेशको सहईन्चार्जको जिम्मेवारी पाए । उनी २०७७ सालमा नेकपाको स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए । केसी २०५०–२०६० साल सम्म नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समाहित चएर भूमीगत राजनीतिमा लागेका थिए । यस्तै, २०६०–२०६३ नेकपा माओवादीको पोलिटब्यूरो सदस्यको बैठकमा भाग लिएर कार्यक्षेत्र नेपाल फर्किदै गर्दा २०६० सालमा पटनामा भारतीय प्रहरीबाट गिरफ्तार भई २०६३ साल साउन २५ गतेसम्म भारतीय जेलमा कैदी जीवन बिताएका थिए ।

यस्तै प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका के.सी चीन, भारत र हङकङ लगाएतका देशको भ्रमण समेत गरेका छन् । उनका एक श्रीमति, एक छोरा र एक छोरी रहेका छन् । बि.स. २०६३ देखि हालसम्म विभिन्न राजनीतिक जिम्मेवारीसहित हालसम्म राजनीतिमा पूर्ण सक्रिय हुदैँ २०७८ साउन २८ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियूक्त भए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार ! महाअभियोग टुङ्गो लगाउने कार्यतालिका अर्को बैठकमा पेश हुने पुरुषहरू धेरै काम गर्छन् तर, महिलाहरूलाई फुर्सद कम हुन्छ निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीमा हस्ताक्षर हुने सन्तानको दीर्घायुको कामना गर्दै कुशको पूजा गरेर तीनछठी पर्व मनाइयो छुट्टाछुट्टै घटनामा बाँकेमा दुई जनाको मृत्यु दक्षिण कोरियामा एकैदिन एक लाख ८० हजार भन्दा बढी सङ्क्रमित