१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बागलुङ । शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरको शय्याबाट ६२ वर्षीय डमप्रसाद घर्तीले टेलिफोनमा भने, “भाइको जीवन बाँच्यो, म यसै धन्य छु ।” उनले अघि थपे “भर्खर डाक्टरले भेटेर भाइ र तपाईंको स्वास्थ्य अवस्था राम्रो छ भने, धेरै खुशी लागेको छ । जिल्लाको ताराखोला गाउँपालिका–४ का डमप्रसाद र उनको परिवारमा अहिले हराएको खुशी एकाएक फर्किएझैँ भएको छ । भाइ दुवै मिर्गौलाले काम नगरेर थलिएपछि नदुख्ने मन कुन दाइसँग पो हुन्छ र डमप्रसादलाई पनि त्यस्तै भइरहेको थियो । वर्ष दिनसम्मको उपचारले बीसको उन्नाइस नभएपछि उनका भाइ ५५ वर्षीय ओमबहादुरको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । आर्थिक अभियानका माध्यमबाट खर्चको जोहो पनि भयो । कसले मिर्गौला दान गर्ने विषयमा परिवारले सरसल्लाह गरे ।

Advertisement

अन्ततः दाइ डमप्रसाद नै अघि सरे, भाइको जीवन रक्षाका लागि । उनी आफ्नो मिर्गौला भाइलाई दान दिन तयार भए । “भाइलाई र हामी सबै परिवारलाई राम्रो होस् भनेर मैले मिर्गौला दिएँ, यो त मेरो धर्म पनि हो”, डमप्रसादले भने । उनले मिर्गौला प्रत्यारोपणपछि चिकित्सकीय निगरानीमा रहेका भाइ ओमबहादुरलाई छिट्टै पूर्णरूपमा निको होस् भनेर कामनासमेत गरे । डमप्रसादलाई शल्यक्रियाकक्षबाट सामान्य शय्यामा सारिएको छ । उनका भाइ ओमबहादुरको भने सघनकक्षमै विशेष निगरानीसहित उपचार चलिरहेको छ ।

डमप्रसादले आफूलाई आराम हुँदै गएको र स्वास्थ्यमा राम्रो सुधारको महसुस भएको बताए । ओमबहादुरका छोरा जीवनका अनुसार मङ्गलबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । चिकित्सक प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरेको उनले उल्लेख गरे । जीवनले बुबाको स्वास्थ्य अवस्थामा पनि उल्लेख्य सुधार हुँदै गएको बताए । “अझै एक साता अस्पतालमै राखेर बुबाको उपचार हुन्छ, डाक्टरले त्यसपछिको अवस्था हेरेर निर्णय गर्ने भनेका छन् ।”

मिर्गौला प्रत्यारोपणका लागि नौ दिनअघि ओमबहादुरलाई केन्द्रमा भर्ना गरिएको थियो । उनमा गत वर्ष भदौमा पहिलोपटक मिर्गौलाको समस्या देखिएपछि नियमित डायलासिस हुँदै आएको थियो । “बुबाको दुवै मिर्गौला फेल भएपछि पोखराको गण्डकी अस्पतालमा लामो समय डायलासिस गयौँ”, छोरा जीवनले भने, “अहिले सबैको साथ, सहयोगबाट मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।”

वडा सदस्यसमेत रहेका ओमबहादुरको उपचारमा अर्थाभाव भएपछि स्थानीय नवसिर्जना युवा क्लब र लोकसम्पदा अध्ययन अनुसन्धान अभियानमार्फत रु १७ लाखभन्दा बढी सहयोग जुटेको थियो । क्लबले मात्र रु १५ लाख बढी सहयोग उठाएको अध्यक्ष पूर्णभद्र न्यूरेले बताए । देश विदेशबाट स्वतःस्फूर्तरूपमा आर्थिक सहयोग प्राप्त भएको उनको भनाइ छ । हालसम्म रु नौ लाख जति उपचारमा खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपण र थप उपचारमा लाग्ने खर्च बेग्लै छ । नेपालमा कुनै पनि व्यक्तिमा मिर्गौला प्रत्यारोपण गर्न परेमा उसका आफन्तले मात्र मिर्गौला दान गर्न पाउने कानूनी व्यवस्था छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा