Mar 29, 2023
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सरकारी निवास छाडेका छन् । आचार्यले प्रयोग गर्दै आएका सेवा सुविधा बुधबार दिउँसो फिर्ता गरेको उनका स्वकीय सचिव प्रदीप नेपालीले जानकारी दिए । यस्तै उनका स्वकीय सचिवले लिएको सुविधा पनि फिर्ता गरेका छन् ।
आर्यालले सरकारी निवास छाडी बुटवल मिलनचोकमा रहेको डेरामा बस्न सुरु गरेका छन् । यद्यपी, उनले आफु चढ्दै आएको सरकारी गाडी भने नयाँ मुख्यमन्त्रीको सपथ पछि भोलि बुझाउने नेपालीले बताए ।
प्रतिकृया दिनुहोस्