९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

भैरहवा । आफ्नो बार्षिक कार्यक्रमको रुपमा जेसिआई सिद्धार्थ, नेपालले मनाउदै आएको जेसीज सप्ताह यस बर्ष पनि यहि शुक्रबारबाट सुरु गर्दैछ ।

Advertisement

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जेसीज सप्ताह स्वास्थ्य मापदण्ड अपनाउदै आयोजना गर्ने जनाएका छन् । कार्यक्रममा बोल्दै जेसीआई सिद्धार्थका अध्यक्ष गोपाल ज्ञवालीले अहिलेको परिस्थितिलाई हेर्दै स्थास्थ्य मापदण्ड अपनाउदै सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिने बताए ।

शुक्रबार देखि सुरु हुने सप्ताहमा शुक्रबार कार्यक्रको उद्घाटन तथा पक्लिहवा माध्यमिक बिद्यालयमा कक्षा ५ देखी कक्षा ९ सम्मका २० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्ने, शनिबार भैरहवाको पौवा होटलमा ग्रोथ योर लाईफ बिषयमा तालीम प्रदान गरिने, यस्तै आईतबार मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिने कार्यक्रम निर्देशक दिपक काफ्लेले जनाए ।

जेसीज सप्ताह अन्र्तगत नै सोमबार सिद्धार्थ बाल गृहमा चित्रकला प्रतियोगिता तथा बालबालिकालाई खिर खुवाउने, मंगलबार भानु माध्यमिक बिद्यालयमा मेडिकल कलेजको सहकार्यमा निशुल्क दन्त शिविर आयोजना गर्ने, बुधबार खुल्ला कविता वाचन गर्ने र बिहिबार कार्यक्रमको समापन तथा पुरस्कार वितरण गर्दै सप्ताह समापन गर्ने काफ्लेले बताए ।

शिक्षा, व्यक्तित्व विकास, स्वास्थ्य, खेलकुद, साहित्य लगायतका बिविध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाउने जेसीआई सिद्धार्थ नेपालका महासचिव सागर पोखरेलले जानकारी दिए । बिगतका दिनहरुमा पनि सप्ताहलाई मनाउदै आए पनि यस पटक केही अलग कार्यक्रमहरु समेत राखिएको उनले बताए ।

भैरहवामा सन १९७५ सालमा स्थापित सस्थाले कोभिड महामारीमा सत्यसाई वृद्ध आश्रममा खाद्यन्न सहयोग, भिम अस्पताललाई अक्सिजन सहयोग, दुर्घटनामा परि घाईते भएका रिक्शा चालकलाई उपचार सहित खाद्यन्न सहयोग, सडकमा खटिएका सुरक्षाकर्मिलाई माक्स, सेनेटाईजर पानी तथा बिस्कुट समेत बितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो