Mar 29, 2023
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् । उनको राजीनामा बुधबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।
मुख्य न्यायाधिवक्ता डिसीले संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्