ताजा अपडेट »

लुम्बिनी प्रदेश : सरकारको नेतृत्व माओवादी र कांग्रेसले आलोपालो गर्ने

बुधबार, २७ साउन २०७८, १५ : २७
32 Shares
बुधबार, २७ साउन २०७८
32 Shares

बुटवल । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भएका छन् । विपक्षी गठबन्धनको सरकार बन्ने पक्का भएपछि कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो गरि सत्ता सञ्चालन गर्ने सहमति भएको माओवादीका सासंद सुर्दशन बरालले ग्लोबल आवाजलाई बताए ।

उनका अनुसार सुरुका ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले सत्ताको नेतृत्व गर्ने र बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् । यद्यपी, लिखित सहमति भने नभएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।