Mar 23, 2023
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो । बुधबार सो रिट आठौं नम्बरमा राखिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी समावेदन गरेपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेपछि त्यसलाई रोक्न लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले रिट दायर गरेका थिए ।
प्रदेशसभामा विशेष अधिवेशन आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्