९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार साँझ पदबाट राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सरकारले संविधान एवं कानूनलाई सर्वोपरी मानी कुशलतापूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिलेको परिस्थिती भिन्न भई गम्भिर ध्यानाकर्षण भएको बताउँदै सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनुनै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । उनी मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारका मन्त्री थिए ।

यसैबीच, पाण्डेयसहित जसपा लुम्बिनी प्रदेशका ३ जना सांसद पदमुक्त भईसकेका थिए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले साउन १५ गते सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेयसहित विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पनि पदमुक्त गरेको जानकारी दिएका थिए ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनीहरूलाई कारबाही गरेको थियो । उनीहरूलाई जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।

No description available.

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने