१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक खण्डमा आज दिउसो भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरुको थप उपचारका लागि काठमाण्डौं पुर्याइएको छ । घटनामा घाइते भएका ४ जनालाई उपचारका लागि काठमाण्डौंको ह्याम्स अस्पतालमा पुर्याइएको हो ।

पाल्पाको तिनाउ-३ झुम्साबाट बुटवलतर्फ आउँदै गर्दा बा १८ च ७३३६ नम्बरको बोलेरो जीपलाई सडक माथिबाट उछिट्टिइएको ढुङ्गाले लाख्दा दुर्घटना भएको थियो । सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिक भएको दुर्घटनामा परी ५४ वर्षीय बाबुराम पाण्डे, उनका छोरा २७ वर्षीय विनोद पाण्डे, २१ वर्षिय अमित बाण्डे र ३४ वर्षीय गंगा दराई रहेका छन् ।

घाइते भएका अमित अधिवक्ता तथा कानून व्यवसायी महेन्द्र पाण्डेका छोरा हुन् । घटनापछि घाइते भएका उनीहरुलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा थप उपचारका लागि काठमाण्डौं पठाइएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको स्वास्थ्य अस्था सुधारोन्मुख रहेको आफन्त तथा तिनाउ-३ अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)