९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौं । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले १४औँ महाधिवेशनबारे दुई विकल्प अगाडि सारेका छन् । दुई दिनदेखि ठमेलमा जारी जिल्ला सभापतिको बैठकले अहिलेको परिस्थितिमा संविधानले तोकेको समयभित्र महाधिवेशन सम्पन्न हुनेमा शङ्का व्यक्त गर्दै दुई विकल्प अगाडि सारेका हुन् ।

Advertisement

बैठकमा क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै ‘फास्ट ट्र्याक’मार्फत पारदर्शी तरिकाले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिएर भदौभित्र निर्वाचन गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै बैठकमा भदौभित्र महाधिवेशन गर्न नसके १३औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिबाट ६ महिनादेखि एक वर्षसम्मका लागि विशेष महाधिवेशन गर्नेबारे छलफल भएको काङ्ग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए ।

पार्टीको वैधानिकता निर्वाचन आयोगले दिन नसक्ने भन्दै संविधानले नदिएको बाटोमा पार्टी जान नहुनेतर्फ अधिकांश जिल्ला सभापतिको जोड रहेको सभापति आचार्यले बताए । महाधिवेशनको प्रक्रिया नियमित हुनुपर्ने उनको भनाइ थियो । बैठकमा छलफलका क्रममा ३५ भन्दा बढी जिल्लाका सभापतिहरूले आफ्नो जिल्लाको क्रियाशील सदस्यता विवाद रहेको धारणा राखेको जिल्ला सभापतिको भनाइ उद्धृत गर्दै काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । उक्त बैठकमा ३८ जिल्ला सभापति र भर्चुअल माध्यमबाट १७ जिल्लाका सभापतिको सहभागिता थियो ।

काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जिल्लाबाट पठाएको क्रियाशील सदस्यतालाई विवादरहित ढङ्गले टुङ्ग्याएर महाधिवेशनमा जानुपर्ने बताए । जिल्ला सभापतिको बैठकमा सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले पाँच वर्ष ६ महिनाभित्र हरेक राजनीतिक दलले केन्द्रीय पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गरेको भएकाले भदौभित्र काङ्ग्रेसको महाधिवेशन नभए पार्टी अवैधानिक हुने बताएका थिए । पचहत्तर वर्ष लामो इतिहास बोेकेको काङ्ग्रेसमा अहिलेसम्म यस्तो परिस्थिति नआएको वरिष्ठ नेता पौडेलले बताए ।

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जिल्ला सभापतिले दिएको सुझावका आधारमा पार्टीको महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताए । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका जिल्ला सभापतिहरूको सुझावअनुसार क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन र विधिसम्मत महाधिवेशन गर्न नेतृत्वले पहल गर्नुपर्ने बताए । जिल्ला सभापतिको बैठकमा भेला भएका संस्थापन इतरका नेताहरूले पार्टी सभापतिले भदौभित्रै महाधिवेशन सम्पन्न गर्छु भनेर सार्वजनिक रूपमा नै बोलिसकेकाले महाधिवेशनबारे शङ्का नगरी संस्थापन इतर पक्षबाट साझा नेतृत्व चयनमा लाग्नुपर्ने धारणा राखेका थिए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो